Saturday, September 14, 2013

अन्तरविद्यालय फुटबल प्रतियोगिता भाद्र १५ बाट

वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)

अन्तरविद्यालय फुटबल प्रतियोगिता भाद्र १५ बाट

    काठमाडौं । यही भाद्र १५ गतेबाट काठमाडौंमा अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल विद्यालय फुटबल संघ अन्र्तगतको काठमाडौं जिल्ला शाखाले आयोजना गर्न लागेको प्रतियोगितामा झण्डै ५१ वटा टोली सहभागी हुने लक्ष्य आयोजकको छ ।
    भविष्यमा स्तरीय फुटबल खेलाडीहरु उत्पादन गर्न तथा देशभर लुकेका प्रतिभाहरु खोजी गर्न प्रतियोगिता आयोजना गर्न लागेको दावी आयोजकले गरेका छन् ।
    हाल काठमाडौंमा मात्रै गर्न लागिएको प्रतियोगितालाई निकट भविष्यमा देशका ७५ वटै जिल्लामा लगिने बताईएको छ ।
    यसपटक प्रतियोगिताका खेलहरु सानोगौचरण खेल मैदान, कीर्तिपुरस्थित ल्याब स्कुलको मैदान र टोखा मैदानमा सञ्चालन हुनेछन् ।

No comments:

Post a Comment