Saturday, September 14, 2013

भक्तपुरमा प्रचण्डको कालो चश्मा

वर्ष १०, अंक २० (२०७० श्रावण ३२ गते शुक्रबार प्रकाशित)

भक्तपुरमा प्रचण्डको कालो चश्मा

    घाम लागे पनि कालो चश्मा लागएपछि दिउँसै अध्याँरो हुन्छ । साउनमा आँखा फुटेको गोरुले सँधै हरियो देख्छ यो उखान टुका गौरवशाली महान पार्टीका अध्यक्ष एनकेपा माओवादीका प्रचण्डलाई लागू भइरहेको छ ।
२६ गते शनिवार भक्तपुरको थिमीमा भएको एउटा कार्यक्रममा रोहित जितेसम्म भक्तपुरको विकासमा वाधक हुने प्रचण्डले आफ्नो कार्यकर्तालाई ठामठुम पारेर आत्मग्लानिको सन्तोषको सास फेरेर फर्के ।
    साच्चै भक्तपुरको विकासमा रोहित बाधक नै हो त ? उसको कति कार्यकर्ताले चित्त बुझायो भोलिका दिनमा प्रचण्डको घैंटोमा घाम लाग्नेछ । २६ गतेको समाचार २७ गतेको कान्तिपुरमा आएसंगै सामाजिक सञ्जाल फेसवुकमा प्रचण्डको वोलि माथि थुपै पाठक र स्रोताले प्रचण्डमाथि रामवाण प्रयोग गरी आफ्नो गाउँको क्षेत्रको बिकास गर्न चुनौति दिएको हेर्न र पढ्न पाइन्छ ।
    दिउँसै अध्यारो देखेर भक्तपुरवासीलाई मात्र होइन नेपाली जनतालाई नै वेवकुफ बनाउन प्रचण्डलाई विदेशकै इसाराले नै बोल्न दिएको हुनपर्दछ । नेमकिपाले अहिले वैदेशिक हस्तक्षेप विरुद्ध देशब्यापी जनचेतना अभियान संचालन गरिरहेको छ । भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र युरोपेली संघहरुको हस्तक्षेपवारे बुँदागत सत्यतथ्य कुरा राखी अपिल प्रकाशित गरेको छ । विदेशी प्रतियक्रियावादीलाई पुगेका चोट नेपालका विदेशी मतियारलाई सह्य नभएको  परिणाम प्रचण्ड कमरेडको वोली हो ।
    प्रचण्ड कमरेडले नेमकिपाले जतिकैमात्र राजनैतिक इमान्दार र नैतिकता, सामाजिक विकास, आर्थिक पारदर्शीतामा गरेको स्पष्ट नीति र ब्यवहारमात्र देखाउन सके राम्रो हुन्छ ।

No comments:

Post a Comment