Saturday, September 14, 2013

“रोहित” भक्तपुर विकासका वाधक : भित्ते राष्ट्रपति

वर्ष १०, अंक २० (२०७० श्रावण ३२ गते शुक्रबार प्रकाशित)

“रोहित” भक्तपुर विकासका वाधक : भित्ते राष्ट्रपति

    पञ्चायत कालमा पञ्चायती शासकले भक्तपुरप्रति हेयको दृष्टिले हेर्थे । निरंकुश पञ्चायतको त्यही दृष्टिकोण क्रान्तिकारी, गौरवशाली र ठूला भनिने पार्टीले स्वीकारेको देख्दा कुन कम्युनिष्ट र देशभक्त नेता, कार्यकर्ता तथा जनतालाई आश्चर्य लाग्दैन ? पुत्र प्रकाशले पालैपालो केटी फेर्दै क्रमभङ्ग गरेको शिक्षा लिएर बुढेसकालमा तन्नेरी युवालेझैं मधेसमा ‘लभ’ गर्न पल्केका नेता दाहाल किन कुकुरले झैं जोकोहीलाई मनपरी भुक्छन् ?
    एउटा नेपाली उखान छ – चराको धोती र्हुदैन नकच्चरोको लाज हुँदैन । लाज नभएका या लाज खाएर लाज नै चपाउने र पचाउने नेताहरूले बिरामीले पचाउन नसकेका वस्तु बान्ता गरेजस्तै भाषण छाँट्नु लाजमर्दो कुरा हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लाजमर्दो नेताको सूचिमा पर्नु त्यो पार्टीका नेता, कार्यकर्तालाई मात्र होइन अरु कम्युनिष्ट, वामपन्थी र प्रगतिशील समुदायका व्यक्तिहरूमा पनि कालो दाग लागेको आभाष हुन्छ । त्यसो त नानीदेखिको बानी सुधार्न नसक्नु उनको कमजोरी नै हो ।
    कहिले आवेग र कहिले भावावेशमा बोल्ने नेता दाहाल हावादारी गफ छाँटेर जनतालाई उल्काउन खप्पिस छन् । मनस्थिति बिग्रेको नागरिकले झैं बोल्दा उनी पार्टीका नायक होइनन् समाजका घृणित नालायक पात्र हुन् भत्र करै लाग्छ । पार्टीका नायक भएका भए ’रोहितले जितेसम्म भक्तपुर विकास हुँदैन’ भनेर उनले बोल्ने थिएनन् । दाहालकै भनाइको सापटी लिएर भत्रुपर्दा उनलाई निर्वाचनमा हराएरमात्र पुग्दैन देशबाटै निकाला गरे पनि पुग्दैन । उनले सरकार चलाएर पार्टीको हितबाहेक अरु केही गरेनन् । भित्री मनका अन्धा उनलाई असन्तुलित दिमागको चिरफार नगरेसम्म सद्बुद्धि पलाउनेछैन । नेता दाहालको पार्टीले विकासको संरचना भष्ममात्र गरेन राज्यकोषमा दाइँ गर्यो, ब्रह्मलुट गर्यो। आफ्नो नेतृत्वमा समेत दुईपटक सरकारको नेतृत्व गर्ने दलले दलगत स्वार्थ पूरा गर्नेबाहेक केही विकास गरेन । सरकारको नेतृत्व देशको सम्पत्ति लुट्न गरेको हो कि विकास गर्न !
    आफ्नो पार्टीबाट वैद्य पक्षधर अलग भएको पीडाको रिस जहाँतहीं पोख्ने होइन । अबको निर्वाचनमा एमाओवादी तेस्रो दल हुने पीडाको व्यथा अर्को नेतामाथि खनेर निको हुने होइन । दिउँसो कार्यकर्तामाझ बर्बराएर, झूटको खेती गरेर रातभर निद्रा नलाग्ने विचार किन दिने ? दिमागमा बढेको तापक्रम झार्न अर्को दिन कुनै एकान्त ठाउँमा पुगेर आराम गर्ने दिन बरोबर नदोहोरियोस्। धेरै भएपछि कपास पनि गह्रौं हुन्छ भनेझैं निद्रा नलाग्ने छटपटीले खानपिनमात्र टुट्ने होइन भोलि मानसिक रोग लागेर नेताको पद नै छोड्नुपर्यो भने के गर्ने ? पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले पदबाट छोड्ने पालो अध्यक्ष दाहालको पनि आउने उद्घोष गर्दाको क्षण सम्झेर मानसिक असन्तुलनको कारण बीचैमा पद छोड्नुपर्यो भने के गर्ने? मानसिक असन्तुलनको कारण बीचैमा पद छोड्नुपर्ने दिन नआओस् र नेता दाहाललाई मानसिक रोगले नच्यापोस्
    पञ्चायत कालमा पञ्चायती शासकले भक्तपुरप्रति हेयको दृष्टिले हेर्थे। निरङ्कुश पञ्चायतको त्यही दृष्टिकोण क्रान्तिकारी, गौरवशाली र ठूला भनिने पार्टीले स्वीकारेको देख्दा कुन कम्युनिष्ट र देशभक्त नेता, कार्यकर्ता तथा जनतालाई आश्चर्य लाग्दैन ? पुत्र प्रकाशले पालैपालो केटी फेर्दै क्रमभङ्ग गरेको शिक्षा लिएर बुढेसकालमा तत्रेरी युवालेझैं मधेसमा ’लभ’ गर्न पल्केका नेता दाहाल किन कुकुरले झैं जोकोहीलाई मनपरी भुक्छन् ?
    एमाओवादी सच्चा कम्युनिष्ट पार्टी हो भने नेमकिपाको बाटोमा नआई सुखै छैन । समाजवादी बन्दोबस्तमा नआई एमाओवादी कहिल्यै कम्युनिष्ट हुनेछैन । एमाओवादी कम्युनिष्ट हुने हो भने नेमकिपाबाट धेरै सिक्नुपर्छ । पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक महत्वका भवनमा आगो लगाए, बम विस्फोट गरेर भष्म बनाए, पुल, पुलेसा, विद्युतगृह ध्वस्त पारे, ध्वस्त पार्न बम विस्फोट गराए, गाविस कार्यालय, वडा कार्यालयदेखि अन्य विकासका संरचनाहरू खरानी पार्ने नेताले नै आज विकास चाहने नेतालाई हराउनुपर्छ भत्रु पक्कै सद्दे दिमागको परिचय होइन ।
    भक्तपुरमा ख्वप विश्वविद्यालय स्वीकृति दिन आलटाल गर्ने दाहाल कि रोहित ! नेमकिपा कि एमाओवादीको सरकार ! भत्र पाउँदैमा लाज छोडेर बक्न पाइन्छ ? दिउँसै रात पार्ने सपना बाँडेर कार्यकर्तालाई पङ्गू बनाउने काममा नेता दाहाल किन अघि सरेका हुन ? नेमकिपा हारजीत भन्दा सैद्धान्तिक र वैचारिक सङ्घर्ष गर्छ, गरिरहेको छ । नेमकिपा कुनै पनि शोषक, सामन्त, जमिनदार वर्गको पक्षमा छैन । नेमकिपाले पञ्चायतकालदेखि प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर देश र  जनताको सेवा गर्ने उद्देश्यअनुरुप काम गरिरहेको हो, गर्दै जानेछ ।
    त्यसो त नेता दाहालले धेरै क्रम भङ्ग गरे । आफ्ना छोरा प्रकाशलाई शान्ति यात्राको नाममा रु. दुई करोड सहयोग गर्ने निर्णय भट्टराई सरकारमार्फत् गराएर नेका र एमालेका नेताहरूले गर्न नसक्ने काम गरे। नेता दाहालको यो साहसपूर्ण कार्यलाई मात्रैप¥यो नि होइन ? माओवादी समर्थक सहकारी संस्थालाई अनेक बहानामा करोडौं रकम आर्थिक सहयोग गरेर बहादुरीपूर्ण काम गरेको त लेखाजोखा गरेर साध्यै छैन । माओवादी लडाकूलाई पारिश्रमिक या आर्थिक सहयोग गर्नु र गराउनुभन्दा गलत विवरण देखाएर राज्यकोषमा रजाइँ गरेर पार्टी धनी बनाउने क्रम भङ्ग पनि चानचुनको होइन । रोहितलाई नहराएसम्म भक्तपुरले विकास गर्न नसक्नू दाहालको विचारमा सामन्ती चिन्तन छ, ठूलाको हुङ्कार छ । यसरी मानसिक सन्तुलन ठीक नभएको व्यक्तिले झैं मनपरी बोल्दै, कुकुरले झैं भुक्दै गर्ने नेता दाहाललाई एमाओवादीका अरु नेताहरूले किन सल्लाह र सुझाव दिएनन् ? यसरी हावादारी गफमा भुलाएर हावादारी नेताको दर्जामा पुर्याएर बद्नाम गराएर कतै असफल नेताको सूचीमा पुर्याउने काम त गरिरहेका छैनन् ?
    रिसमा, आवेगमा बोल्ने, अरु दलको नेता भनेपछि आँखाको कसिङ्गर सम्झने नेता दाहालको दिमाग सुसज्जित गर्नु तड्कारो आवश्यकता छ । उनलाई मानसिक असन्तुलनको उपचार नगरएसम्म भुक्ने प्रवृति रोकिनेछैन । एमाओवादी देश बनाउन होइन जातीय दङ्गा फैलाएर देश विभाजनको लागि पूर्वाधार तयार गर्दैछ । नेमकिपा एमाओवादीजस्तो जातीय पार्टी होइन । नेमकिपा भक्तपुरको अनुहार फेर्नमात्र होइन देशकै अनुहार फेर्न सङ्घर्षरत छ । विदेशीलाई नेपाली नागरिकता दिन नहुने अडानमा रहेको पार्टी के सङ्कीर्णवादी हुन्छ ? आज विदेशीले धमाधम नेपाली नागरिकता लिइरहेको छ । नागरिकताकै कारण कुनै दिन नेपालका गाविस अध्यक्ष नगर प्रमुख, जिल्ला सभापतिमात्र होइन सांसद र मन्त्रीहरू हुन बेर लाग्दैन । ठूला भनिने दलले विचार नपुर्याई विदेशीले पनि नागरिकता लिन पाउने व्यवस्था गरेर किन देशलाई असफल राष्ट्र बनाउने भूमिका बाँड्दै छ ? भक्तपुरमा मात्र होइन देशभरकै कृषकहरूको जीवनस्तर उठाउन क्रान्तिकारी भूमिसुधार, स्वदेशमै मल कारखाना स्थापनाको माग गर्नु के नेमकिपाको सङ्कीर्णवादी विचार हो ? एकाधिकारवादी र सामन्ती सोच हो ? भ्रष्टाचार अन्त्य गर्न प्रत्येक वर्ष ठूल्ठूला व्यापारी, नेता, मन्त्री र उच्चस्तरीय पदाधिकारीको सम्पत्ति सार्वजनिक गर्नुपर्ने, व्यक्तिको सम्पत्ति सीमाङ्कन गर्नुपर्ने, विदेशमा सम्पत्ति राख्न नपाउने माग गर्नु बिजुक्छेंको सामन्तवादी सोच हो ? संविधानसभा सदस्य सङ्ख्या २०५ मात्र बनाउने विचार के सङ्कीर्ण हो ? नेता र कार्यकर्ता रिझाउन ६०१ सभासद् संख्या पु¥याउने र राज्यकोषमा रजाइँ गर्ने के सामन्ती सोच होइन ? के राज्य विभाजनमा हिमाल, पहाड र तराई समेटिनुपर्छ भत्रु नेमकिपाको सङ्कीर्ण सोच हो ?
    वास्तवमा नितान्त दलगत स्वार्थ हेर्ने एमाओवादीकै कारण देशको विकास नभएको हा े। नेपाललाई दिनको १८ घण्टासम्म अन्धकार बनाउने नेता दाहाल होइन ? देश विकासको सट्टा देश विभाजनको रेखा कोर्ने नेता दाहाल होइन ? गुठी जग्गा रैतानीमा परिणत गर्ने, जोत्दै आएको जग्गामा आधीआधी हुने व्यवस्था नेमकिपाकै कारणले भएको हो । यसले भक्तपुरको मात्र होइन देशभरका कृषकहरूको सेवा ग¥यो। नेमकिपाले दलगत स्वार्थ होइन देश र जनताको सेवा ग¥यो । नेपालको कम्युनिष्ट आन्दोलनमा बाटो देखाउने काम ग¥यो । त्यस्तो दलमाथि हिलोछ्याप्नु स्वय्म प्रचण्डको लाजमर्दो कुरा हो। बेलैमा दिमागलाई सुसूचित पार्नु अत्युत्तम हुनेछ ।
    (यस लेखको शिर्षक हामीले राखेका हौं । –सं.) 
— विगोल

No comments:

Post a Comment