Saturday, September 14, 2013

कीर्तिपुर र पाँगा गाईजात्राको फरक

वर्ष १०, अंक २० (२०७० श्रावण ३२ गते शुक्रबार प्रकाशित)

कीर्तिपुर र पाँगा गाईजात्राको फरक

    कीर्तिपुरमा आयोजना गर्ने टोल या घरबाट थाचिना निस्कँदा धें धें पापाको मुकुट बोकी गणेश मन्दिरमा पुजा गरी मुकुट लगाइन्छ भने मृतकको स्मृतिमा निस्कने मुकुट लुगा लगाएर आउने (वसः घाना वइपीं) को मुकुट आधा खुला गरेको हुन्छ । धेंधें पापा गर्दा निलो रङ्ग लुगाका व्यक्ति र ख्याल आउनेहरु बाजाको तालमा नाचेर आउँछन् र गाई बनेर आउनेहरु पनि धेंधें पापासँगै आएको हुन्छ भने धेंधें पापा गर्दा  धेंधें पापा गर्ने हलो जोत्ने गर्दछ तर पाँगामा आयोजकको घरबाट निस्के देखिनै चिरकु लारकू गर्ने, मुकुट सहित लुगा लगाउनेहरुले मुकुट खोल्नु हुँदैन, यहाँ गाई बनेर आउनेहरु मुख्य गाईलाई हलो जोत्नेले यताउता घुमाई रहेको हुन्छ । चिरकु लारकूसँगै जानु पर्दैन यहाँ अहिले चिरकु लारकू गर्दा सुरुमा नाच देखाउने गरिन्छ, अनिमात्र चिरकु लारकू गरी रमाइलो गर्छ ।
     पाँगामा दथलपोखरीमा मुख्य गाईको जोडीलाई हलो जोतेपछि आ–आफ्नो घरमा जना पाउँछ त्यसो गर्दा मुख्य आयोजकको घरबाट माल्पा प्रशाद ग्रहण गरी जानु पर्दछ ।

No comments:

Post a Comment