वर्ष १०, अंक २० (२०७० श्रावण ३२ गते शुक्रबार प्रकाशित)
ब्यङ्ग्य.........
ब्यङ्ग्य.........
Be Aware of Dog
कान्तिपुरी नगरीको कान्तिपथमा केन्द्रिय कार्यालय रहेको फेशन गृहले आउँदो मंसिर चार (जुन चैत्रमा पनि हुन सक्छ) को लागि कुकुरहरूको बृहत प्रतिस्पर्धाको लागि नाम दर्ता आव्हान गर्दा समयावधिमा १२५ भन्दा वढि नाना नस्लका कुकुरहरूको सूची दर्ता भएको स्रोतले जनायो । कालो, खैरो, सेतो, छिरबिरेसहित रूखाकार, सूर्याकार, हँसियाकार, हलोकार, ताराकारलगायत कहिल्यै नामसम्म नसुनिएका कुकुरका दुर्लभ प्रजातीे पत्ता लागेकोमा फेशन गृह दङ्ग छ । चैत्रमा सम्पन्न पहिलो भागले भव्यतापूर्वक असफलता प्राप्त गरेपश्चात विविध विदेशी दातृ राष्ट्रहरूको प्रमुख प्रायोजनमा प्रतियोगिताको पर्दारोपण गर्न केही सीमीत (चार) स्वदेशी गैर–सरकारी संस्थाहरूसमेत सलबलाउन थालीसकेको छ । आम– नागरिकलाई कुनै वास्ता नभएतापनि कुकुरधनी प्रजा÷लोक÷गणतान्त्रिक संस्था एवं पशुअधिकारकर्मीले सो प्रतियोगिता भब्य बनाउने भन्दै पत्रकार सम्मेलन, बैठक, गोष्ठि, चियापान, प्रतिस्पर्धीको छनौट, चन्दा जस्ता कार्य युद्धस्तरमा अगाडी बढाएजस्तो गरेको अभिनय विभिन्न पत्रपत्रिका तथा श्रव्यदृश्य सञ्चारमाध्यममा अवलोकन गर्ने बाध्यता सृजना भएको पाइन्छ ।
सामान्यतया, घर आँगन, टोलछिमेक, समाज आदीको चौकीदारीका निम्ति कुकुर पाल्ने प्रचलन नेपाली समाजमा छ । चरम इमानदारी एवं हिन्दु दर्शनको किवंदन्ती अनुसार बर्षको एक दिन हामी थरीथरी ब्यञ्जन र फूलमालाटिकासहित कुकुर पुजा भनेर विशेष उत्सव मनाउछौं । तराई, पहाड, हिमालमा पाइने विविध नस्लका समावेशी एक जत्था कुकुरलाई लगातार चारचार साल हामीले हरेक दिन कुकुर पुजा ग¥यौं तर उसले आफ्नो धर्म विस्र्यो, न सुरक्षा प्रदान गर्यो न इमानदारिता नै । उल्टै जसले स्याहारसुसार गर्दै जसले पालेको हो उसैलाई नराम्ररी झम्टदै टोक्यो । घाउ अझै आलै छ तर आउँदो मंसिर ४ मा (जुन चैत्रमा पनि हुन सक्छ) हुने प्रतियोगितामा उपस्थित भई हौसला बढाइदिन बिन्ति चढाउन थालिसकेको छ ।
कसैले पहाडमा हामीले परापूर्वकालदेखि सुरक्षा दिदै आइरेकाले अतः हामी भोटे कुकुरलाई नै साथ दिनुपर्छ भन्छन् । कोहि हिमालको सुरक्षामा हाम्रो ऐतिहासिक योगदान छ तसर्थ हामी झ्याप्ले कुकुरलाई यसपाली टिका लगाइदिनुपर्छ भन्छन् । कोहि मधेसमा हामीले निरन्तर इमानदारीता पस्किरहेकोले यसपाली पनि हामीलाई नै भुक्ने अवसर प्रदान गर्नुपर्छ भन्दैछन् । यहाँ प्रतियोगिता अवलोकनकर्ता भने अलमलमा छन् , कुनकुन कुकुर भुक्ने हुन् कुनकुन कुकुर टोक्ने ? पहिलो भागको प्रतियोगितामा सबै पुराना नालायक छन् भनी नयाँलाई प्रयोग गरे तर नयाँ भनाउँदासमेत उहि ड्याङ्गका मूला सावित भए । दक्षिणतर्फ हेर्दै ठूलठूलो स्वरमा भुक्ने तर आवश्यक परेको बखतभने नटोक्ने । उल्टै जसलाई टोक्नुपर्ने हो उसकै अगाडी लस्याकलुसुक भइ दिने । अस्ति लाजिम्पाटको पीचरोडमा दक्षिणतर्फबाट आएको एउटा बडेमानको कुकुरसामु राजधानीमा उपलब्ध सम्पूर्ण कुकुरहरू साना–ठूला, दुब्ला–पातला, खैरा–काला, भुस्याहा–घरपालुवा सबै, लम्पसार पर्दै पछाडी–पछाडी सुग्दै गरेको लाजमर्दो दृश्य नेपालीहरूले दृश्यावलोकन गर्नपाए ।
मंसिर ४ गने हुने भनिएको Mr. and Mrs. कुकुर प्रतियोगितामा पनि पुरातन शैलीमै मेरो बुवाको कुकुर, मेरो काकाको कुकुर, मेरो ससुरालीको कुकुर, मेरो छिमेकको कुकुर, मेरो मामाको कुकुर, मेरो जिल्लाको कुकुर, मेरो शहरको कुकुर, मैले रोजेको जातको कुकुर, मेरोजस्तै वर्णको कुकुर आदी इत्यादी भन्दै प्रतियोगितामा ताली पिट्दै सिठ्ठी बजाउने नै संकल्प लिन्छौं भने सर्वसाधारण हामी स्वय्मले पनि दिपावलीको दोस्रो दिन फूलामाला अक्षता लगाउँदा फरक नपर्ला । त्यसो होइन , सीधालाई सीधा र बाङ्गोलाई बाङ्गो तथा कालोलाई कालै र सेतोलाई सेतै भन्ने हिम्मत गर्छौ भनेचाँहि मुलुकमा छाडा–भुस्याहा कुकुरको केहि मात्रामा भए पनि न्यूनीकरण हुन्थ्यो ।
समयमै वास्ता नगर्दा आज Bird Flu ले महामारीको रूप लियो, लाखौं चल्लाहरू स्वर्गावास भए तर, भाग्यवश मानवस्वास्थ्यमा भने केहि असर परेको छैन । मुलुकमा कयौ समथल जिल्लासहित भक्तपुर जिल्ला त्राहिमान अवस्थामा गुज्रिरहेको छ । विगतका अनुभव, कुकुरहरूको चर्तिकला, खीचातानी आदीबाट अझै केहि ग्रहण नगर्ने हो भने भीरबाट लड्न लागेको गोरूलाई रामराम भन्न सकिन्छ, काध थाप्न सकिन्न । कुकुरदेखि सावधान नहुने हो भने रेविज फैलिएर मुलुक कुकुरमय हुन बेर छैन, परिमाण, हामीले कुकुर होइन, कुकुरले चाँहि हामीलाई लखेट्ने निश्चित छ । मुलुकलाई रेविजको लामो संक्रमणबाट मुक्ति दिलाउने हो भने उपलब्ध सबै कुकुर भुस्याहा होस् अथवा घरपालुवा समयछदै रेविजको सुई लगाउनु नै बुद्धिमता ठहरेला । जुन हाम्रो नैतिक कर्तब्य र कुकुरको मौलिक अधिकार हो ।

— केशव महर्जन, कीर्तिपुर
k_sav@yahoo.com
No comments:
Post a Comment