वर्ष १०, अंक २० (२०७० श्रावण ३२ गते शुक्रबार प्रकाशित)
पाँचपोखरी यात्रा
पाँचपोखरी सिन्धुपाल्चोकको भोताङ्ग गाविसमा पर्ने धार्मिक तीर्थस्थलमा जनै पूर्णिमाका दिन ठूलै मेला लाग्ने गर्दछ । यस तीर्थ स्थलमा प्रायः यो दिन देशका विभिन्न स्थलबाट भक्तजनहरु पूजा आजाका लागि आउने गर्दछन् । यहाँ पसल थाप्ने देखि लिएर सुत्ने खाने व्यवस्था अनि गोठ थापेर बस्नेहरुको भीड हुने गर्दछन् । यस धार्मिक तीर्थ स्थलमा गई स्नान गरेमा आफ्नो मनको इच्छा पुरा हुने जन विश्वास रहेको छ ।
त्यही तीर्थस्थलमा हामी पनि घुम्न जाने निधो भएकोले पाँचपोखरी ठाउँको बारेमा हामीलाई खासै जानकारी नभएको हुनाले सिन्धुपाल्चोक मेलम्चीको साथीसँग त्यस ठाउँको बारेमा के कसरी कहाँबाट जाने र के–के बोकेर जाने भनेर जानकारी लियौं । साथीको सल्लाह सुझाव अनुसार हामी चार जना बुद्धरत्न माली, अजय महर्जन, तेजकुमार महर्जन र म (लेखक) मिति २०६९/०४/१७ गते जाने निर्णय गर्यौं ।
पहिलो दिन (२०६९।०४।१७):– पवित्र तीर्थस्थल पाँचपोखरीको दर्शन गर्न हामी चार जना साथीहरु यात्राका लागि विहान ११ बजे घरबाट निस्क्यौं । मेलम्ची भएर जानुपर्ने भएकोले मेलम्ची जानको लागि कोटेश्वरबाट गाडि चढ्यौं । एक जना साथी कामको सिलसिलामा धुलिखेलमा गइरहेको हुनाले उत्तै भेटेर हामीसँगै गाडिमा गयौं । सायद भोलि जनै पूर्णिमा भएको हुनाले गाडि एकदम खचाखच भरिएको थियो । लभगभ साढे ३ घन्टा गाडिको यात्रापछि हामी मेलम्ची बसपार्क पुग्यौं । बसबाट ओर्लने बित्तिकै हामीलाई चाहिने खानेकुरा किन्यौं र स्थानीय बासीहरुलाई पाँचपोखरी जाने बाटो सोध्दै मेलम्ची खोलाको लामो झोलुङ्गे पुल तर्दै काठमाडौं ल्याउने भनिएको पानी यही होला भन्दै हामीहरु अगाडि बढ्यौं । हामीलाई ढिलो भएको महसुस भएकोले चाँडै चाँडै हिँड्यौं । बाटो ठूलो फराकिलो भएपनि वर्षा याममा गाडि नगुड्ने रहेछ । हिँड्दा–हिँड्दै पानी पर्न थाल्यो, हतपत वर्षात निकालेर ओढ्यौं । अँध्यारो बढ्न थाल्यो । हामीसँग भएको एउटा तर्च लाइटले नपुगेर अर्को एउटा किन्यौं । तर्चलाइट किनेको पसलको दाईसँग आज हामी कुन ठाउँमा गएर बास बस्न सकिन्छ भनी सोध्यौं । उहाँले तिपेनी भन्ने ठाउँमा बास बस्न पाइन्छ, बरु चाँडै हिड्नुहोस् भन्नु भो । उहाँको कुरा सुनेर अँध्यारो चिप्लो बाटो मेलम्ची खोलाको तिरैतिर हुँदै, खोलाको कलकल आवाज सुन्दै हामी चार जना मनमा अलिअलि डर लिई तिपेनी पुग्नको लागि हिँड्यौं । केही घन्टाको हिँडाईपछि एउटा पुलिस चौकी आइपुग्यो । एकजना पुलिस दाईले यति राती कहाँ पुग्नुपर्ने भनी सोध्नु भयो । हामीले तिपेनी जान लागेको भन्यौं । पुलिस दाईले हामीलाई यति राती भैसक्यो, पानी परिरहेछ तलको बाटो नहिँड्नुस् खोला बढेको छ, माथि झोलुङ्गे पुलबाट जानुस् भन्नुभयो । अँध्यारो बाटो तर्चको सहायताले हामी ८:३० बजे तिपेनी पुग्यौं ।
पुग्न त पुग्यौं तर यहाँ पुग्दा सबै पसलहरु बन्द भैसकेका थिए । कोही मान्छेहरु पनि देखिएन, बासको लागि यताउता ठाउँ खोज्न थाल्यौं । धन्न एउटा पसल खुलेको देख्यौं । हट्टपट्ट दगुरेर सोध्दा उहाँले पसल बन्द गर्न लागेको तर खान बस्नका लागि एक जना दाईसँग भेटाइ दिनुभयो । त्यो दाईको पसल पनि बन्द भैसकेको भएपनि हाम्रो लागि आफ्नै भान्सामै पकाएर खान दिनुभयो । एकछिनको बिश्रामपछि सुत्नतिर लाग्यौं तर एकजना साथीको घुर्ने बानीले गर्दा निदाउन अलिक समय चाहिँ लाग्यो ।
दोस्रो दिन (२०६९।०४।१८) : विहानको ६ बजेतिर निद्रा खुल्यो र फ्रेस भएर साथीहरुलाई उठाउन आएँ । चिया नास्ता गरेर आजको यात्रालाई निरन्तरता दिनका लागि पसले दाईसँग बिदाबारी गरेर निस्क्यौं । बाटो एकजना चिन्ने दाई भेट्यौं । उहाँ मानखर्क भन्ने ठाउँमा जात्रा हेर्नका लागि हिँड्नु भएको रहेछ । हामी पनि त्यही बाटो लाग्यौं । मनोरम ठाउँको फोटो क्यामेरामा कैद गर्दै अगाडि बढ्यौं । आज जनैपूर्णिमाको दिन भएकोले हामीलाई जसरी भएनि पाँचपोखरी पुग्नु थियो र त्यही अठोटका साथ हामी हिँड्का थियौं । लभगव साढे चार घन्टाको हिँडाईपछि एउटा लामो झोलुङ्गे पुल पार गरेपछि धाप भन्ने ठाउँ चार–पाँच जना पाँचपोखरी पुगेर फर्केकाहरु भेट्यौं । उहाँहरुले बाटो लामो छ । अलि चाँडै हिँड्नु भो भने आज पुग्नु होला कि भन्नु भयो । उहाँहरुको सुझाव अनुसार हामीहरु चाँडै गन्तव्यतर्फ लम्कियौं । थकाई मेट्नका लागि हामी एकछिन आराम गर्न बस्यौं र आफूसँग भएको केही खानेकुरा पनि खायौं । त्यही समयमा एकजना केटी आफ्ना साथीहरुलाई मानखर्कको जात्रा देखाउनको लागि बाटोमा कुरिरहेको थियो । एकछिनको गफपछि उहाँसँग परिचय भयो र उहाँको साथीहरु र हामी सँगसँगै उकालो लाग्यौं । थाङपालकोटमा पुग्यौं त्यहाँ खाना खानको व्यवस्था नभएको हुनाले आफ्नो घरमै फोन गरेर खानाको व्यवस्था मिलाउनु भयो । एकछिनको हिँडाईपछि उहाँको घरमा पुग्यौं । घरमा खाना पाकिसकेको रहेछ । घरमा पुगेको एकछिनमै खाना खाई हाल्यौं । एकछिनको बिश्रामपछि उहाँको आमाले उकालो चढ्दा लेक लाग्न सक्छ भनेर अदुवा, तिमुर, लसुन पिँढेर मसला दिनुभयो । गा¥हो भयो भने चपाएर जानु भन्नुभयो ।
साढे ३ घन्टाको हिँडाईपछि भोताङ्ग गाविसको पुछारको पुल त¥यौं । त्यहाँ हामीले थुप्रै मानिसहरु फर्की रहेको भट्यौं । ती मानिसहरुले कता जान लागेको भन्दै थिए । हाम्रो जवाफ हुन्थ्यो– पाँचपोखरी । सबै जना फर्किने क्रममा थिए तर हामी भने उकालो लाग्दै । कोहीले ओहो ! कोहिले पुग्नु हुन्छ त भन्यो, कोहीले २ दिन लाग्छ होला त कोहिले ढिलो भयो माथि खानको लागि केही व्यवस्था छैन होला भन्यो । फर्र्र्किएका मानिसका विभिन्न कुरा सुन्दै आफ्नो बाटोतिर लाग्यौं । एउटा ग्रुपले चाहिँ राम्रो सल्लाह दिनु भयो– ‘तपाईंहरु आज कुनै हालतमा पाँचपोखरी पुग्न सक्नुहुन्न । माथि मेलाको लागि पसल थाप्ने आउनेहरु गोठ उठाएर फर्किसके । आज छ्युम्ती भन्ने ठाउँमा बास बस्नुहोस् र भोलि मात्र जानुहोस् भन्नुभयो । उहाँहरुको सुझाव अनुसार हामीहरु छ्युम्तीमै बास बस्यौं । बास बस्ने ठाउँमा फर्केर आउने मान्छेहरुको कुरा सुन्दा गाह्रो हुने र भोलि पनि हामी नपुग्ने जस्तो पनि लाग्न थाल्यो । माथि बास बस्न र खानको व्यवस्था नहुने जस्तो देखेर जाने अथवा नजाने भन्ने कुरामा साथीहरु बीच मनमुटाव होला जस्तो लाग्न थाल्यो अन्तमा भोलि यहीँबाट घर फर्कने निधो लिएर सुत्यौं ।

तेस्रो दिन (२०६९।०४।१९) :– आज विहान सवेरै आँखा खुल्यो । मन अलिक खिन्न भैरहेको थियो किनकि हिजो नै हामीले निर्णय गरिसकेका थियौं आज फर्कने भनेर । बाहिर त्यस्तै पानी परिरहेको हुनाले निस्कन नि सम्भव थिएन त्यसमाथि जुन सोचका साथ हामी यति टाढासम्म आइपुगेर पनि त्यस ठाउँमा नपुगिकनै फर्कन मन मानिरहेको थिएन । चियाको चुस्की लिइरहेको समयमा दुईजना बुढी आमै (६२/६५ वर्ष) तल झर्दै गरेको देख्यौं र उत्सुकताका साथ सोध्न गयौं । उहाँहरुलाई एकदमै गा¥हो भएको अनुभव सुनाउनु भयो । उहाँहरुको हिम्मत देखेर हामीहरुलाई पनि हौसला मिल्यो । न्होछेम भन्ने ठाउँमा खान र बस्न पाइन्छ भन्ने थाहा पाएर हाम्रो हिजोको फर्किने निर्णयलाई परिवर्तन गरी फेरि आफ्नो गन्तव्यतिर लाग्यौं । करिव १ घन्टाको हिँडाई पछि एउटा पसलको दाईहरु भेट्यौं । उहाँहरु पनि फर्कन लाग्नु भएको रहेछ । उहाँको मै हामीले चिया नास्ता खायौं । अब हामीले बाटोमा खासै मान्छेहरु भेटिन्न होला भन्नुभयो । उकालैउकालो जँगलको बाटो त्यसमाथि पानी परिरहेको थियो । पसलेको दाईहरुले भनेझैं ४–५ घन्टाको बाटोमा हामीले जम्मा ४–५ जना मान्छे मात्र फर्किरहेको भेट्यौं । जतिजति अगाडि बढ्यौं उतिउति कुहिरोले हामीलाई पछ्याउँदै थियो । खासै मान्छेहरु नभेटिएको हुनाले एकजना साथीले हामी यहीँबाट फर्कौं भन्यो, माथि पनि कोही नहुने होकि भन्ने हामीलाई पनि लाग्यो । तर यति माथि आईपुगिसक्यौं जे जस्तो होला भन्दै गयौं । एउटा अति लामो ठाडो उकालो उक्लेपछि अति नै थकित महसुस भयो तैपनि न्होछेम पुग्ने जोशका साथ अगाडि बढ्यौं । लगभग ८ घन्टा हिँडेपछि एउटा गोठ भेट्यौं त्यहाँ खाजा खाएर न्होछेम पुग्नुपर्ने भएकोले हिँडि हाल्यौं । करिव साढे १ घन्टापछि न्होछेम पुग्यौं ।
न्होछेममा सात वटा गोठ थापेर बसेको परिवार रहेछ । उहाँहरुसँग कुराकानी ग¥यौं, फोटो खिच्यौं र मनोरम दृश्य हेरेर रमायौं । दिनभरको थकान नै मेटेको जस्तो महसुस भयो । यहाँ पुग्दा हामी एकदिन ढिलो पुगेको थाहा भयो किनकि आज जनैपूर्णिमाको दिन हामी पाँचपोखरी पुग्न सकेनौं । यहाँ पुग्दासम्म दुई जना साथीलाई गा¥हो हुन थाल्यो । सायद लेक लागेको होकि जस्तो लाग्यो र उनीहरु भोलि पाँचपोखरीमा पुग्न नसकिने अवस्थामा थियो । यति टाढा आइसकेपछि पनि किन अब फर्कने, नभए हामी दुई जना मात्र भएपनि पाँचपोखरी गएर फर्कने कुरा भयो । त्यही विचार गरेर खाना खाएर सुत्यौं ।
चौंथो दिन (२०६९।०४।२०) :– विहान ५:३० तिर उठेर चिया खाएर ६ बजेतिर दुई जना मात्र भएपनि पाँचपोखरीका लागि हिँड्यौं । गोठका दाईले हामीलाई करिव ४ घन्टामा फर्केर आउन भ्याउँछ भन्नुभयो । उकालो ओरालो त्यसमाथि बाटोमा कोही नभएको मात्र हामी दुई जना मनमा डर पनि थियो । डाँडालाई कहिले कुहिरो ढाक्दथ्यो त कहिले खुल्थ्यो । यस्तै बाटो हुँदै लगभग २ घन्टाको हिँडाईपछि लौरो बिनाको उकालो पुग्यौं त्यहाँ लौरो चढाएर करिव ४५ मिनेटपछि हामीहरु जुन मनोकामनाले यति दुःख गरेर यात्रामा निस्केका थियौं त्यही पाँचपोखरी मन्दिरको दर्शन गर्न पायौं । करिव ४२०० मीटरको उचाईमा रहेको पाँचपोखरी पुगेपछि मनमा एक किसिमको आनन्दले बास बस्यो । मनै हलुङ्गो भयो, त्यहाँ थुप्रै टहराहरु र गोेठहरु थियो । तर मान्छेहरु कोही पनि थिएन मात्र हामी दुई जना थियौं । मनै सिरिङ्ग पनि हुन्थ्यो । यस्तो अनकन्टार ठाउँमा पुगें केवल दुई जना । मन्दिर अगाडि एउटा सानो पोखरी थियो । त्यही पोखरीमा हामीले पालैपालो नुहायौं । पानी अति नै चिसो थियो । नुहाए लगत्तै मन्दिरमा गएर पुजा गर्यौं र मन्दिर घुमेपछि पाँच वटै पोखरी घुम्न हिँड्यौं । ठूलो ठाउँ पोखरी र डाँडामा देखिन्थ्यो । हामी दुवै जना पाँचपोखरी पुरै घुम्यौं । आफ्नो इच्छा र मनोकामना पुरा भएपछि तल कुर्दै बसिरहेका आफ्ना साथीहरु भएको ठाउँमा फक्र्यौं । ओरालो झर्दै गर्दा मात्र एक जना गोठालो भेट्यौं । उहाँसँग धेरै कुरा नगरी ढिलो भयो भनी तल झर्यौं । लगभग ६ घन्टापछि हामीहरु न्होछेम पुग्यौं जहाँ साथीहरु चिन्तित भईरहेका थिए हामी नपुगेर । हामी पुगेपछि साथीहरु पनि खुशी भए । न्होछेममा खाना खायौं र खाने बित्तिकै तल झर्ने तर्खरमा लाग्यौं । १ बजेतिर हामीसँगै गोठको दाई पनि सँगै तल झर्यौं । ओरालो झर्ने भएकोले खासै गाह्रो भएन र पानी नपरेको हुनाले दुई दिनको बाटो हामी ७ घन्टामै तल भोताङ्ग गाविस यार्सा पुग्यौं । हामी दुई जनाको १३ घन्टाको र न्होछेम पछि हामी चार जनाको ७ घन्टाको हिँडाईको थकानले गर्दा लजमा खाना खाने बित्तिकै सुतिहाल्यौं ।

पाँचौं दिन (२०६९।०४।२१) :– विहान सबेरै ६:३० बजेतिर चियानै नखाई मेलम्ची पुग्ने हिसावले हिँड्यौं । साढे ३ घन्टाको हिँडाईपछि थाङपालकोटमा पुग्यौं । त्यहाँ पुगेपछि हामीले खाना खाएर गएको घरमा प्रसाद दिएर हिँडिहाल्यौं । त्यहाँबाट सिधै धाप भन्ने ठाउँमा पनि मात्र चिया खाएर हिँडिहाल्यौं । तिपेनी पुगेपछि काठमाडौं फर्कने गाडि साढे ३ बजेसम्म मात्र पाउने जानकारी भएपछि कहीँ नरोकी लगभग पौने ४ बजेतिर मेलम्ची बजार पुग्यौं । धन्न एउटा गाडि काठमाडौं फर्कन लागेको भएर त्यही गाडिमा बसी काठमाडौं फक्र्यौं । करिव साढे ८ बजेतिर आ–आफ्नो घर पुग्यौं ।
- सबिन्द्र महर्जन, कीर्तिपुर–४

No comments:
Post a Comment