वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
ब्राजिलमा ४ हजार क्युवाली डाक्टरले सेवा गर्ने
ब्रासिलिया (रेडियो हवाना)। ब्राजिलले आफ्ना ग्रामीण एवं दुर्गम क्षेत्रमा काम गर्न क्युवाका ४ हजार चिकित्सक लिने सम्झौतामा हस्ताक्षर गरेको छ । बुधबार ब्राजिलका स्वास्थ्य मन्त्रीले अखिल–अमेरिकी स्वास्थ्य सङ्गठन (पाहो) सँग यस वर्षको अन्त्यसम्ममा क्युवाली ४ हजार चिकित्सक लिने सम्झौता गरेका हुन् । देशका अविकसित क्षेत्रहरूमा देखिएको चिकित्सकको अत्यन्तै अभाव पूर्ति गर्न ब्राजिलले गत जुलाईमा थालेको ‘माइस मेडिकोस’ अथवा अरु बढी डाक्टर कार्यक्रममा ती क्युवाली चिकित्सक सहभागी हुनेछन् ।
कार्यक्रमअन्तर्गत क्युवाली चिकित्सकले चिकित्सा सुविधा सार्है कमी रहेका ग्रामीण बस्ती, अमेजन नदीका किनारा र उत्तरपूर्वी गरिब राज्यमा ३ वर्ष काम गर्नेछन् । क्युवाली चिकित्सकले ब्राजिल सरकारको तर्फबाट प्रतिमहिना ११ हजार ब्राजिलियन रेइस (४ हजार ९८ अमेरिकी डलर) पाउनेछन् ।
ब्राजिलले पाहोका अधिकारीलाई उद्धृत गर्दै जारी गरेको वक्तव्यले कार्यक्रममा सहभागी हुने क्युवाली डाक्टरहरू यसअघि पोर्चुगाली भाषा बोलिने देशमा काम गरिसकेका र प्राथमिक हेरचाहका दक्ष चिकित्सक भएको भनेको छ । सहभागी हुने ४ सय क्युवाली डाक्टरमध्ये ८४ प्रतिशत १६ वर्षभन्दा बढीको अनुभव लिइसकेका हुन् । प्रेस वक्तव्यमा ‘जोखिमपूर्ण क्षेत्रमा काम गरेका दक्ष डाक्टर’ भनेको छ । ब्राजिलका लागि पाहोका प्रतिनिधि खोआकुइन मोलिनाले भने, ‘हामी क्युवाली डाक्टरको धेरै राम्रो समूह ब्राजिलमा लिँदैछौं ।’
तीन हप्तामा सबै क्युवाली डाक्टरले ब्राजिलमा काम गर्ने प्रमाणपत्र पाउनेछन् । डाक्टरहरू यसै हप्ता ब्राजिलमा पुग्नेछन् । पहिलो चरणमा ४ सय क्युवाली डाक्टरले गरिब उत्तर र उत्तरपूर्वी क्षेत्रका ७ सयभन्दा बढी नगरपालिकामा काम गर्नेछन् । पहिलो चरणको निम्ति ब्राजिलले पोहामार्फत् क्युवालाई २१ करोड ९१ लाख अमेरिकी डलर सन् २०१४ को फेब्रुअरीसम्ममा बुझाउनेछ ।
क्युवाली डाक्टर झिकाउने ब्रासिलियाको यो कार्यक्रम दक्षिण अफ्रिका, साउदी अरेविया, कतार, पोर्चुगाल र अल्जेरियाको कार्यक्रमको सफलताको सेरोफेरोमा भएको हो । नर्वे र ब्राजिलले क्युवाली सहयोगमा सञ्चालित हाइटीको चिकित्सा कार्यक्रमको निम्ति आर्थिक सहयोग गरेका थिए ।
ब्राजिलका स्वास्थ्य मन्त्रीका अनुसार माइस मेडिकोस कार्यक्रम सञ्चालन गर्न देशका विपन्न क्षेत्रको निम्ति १५ हजार डाक्टर आवश्यक भएकोमा गत जुलाईमा ब्राजिलका १ हजार ९६ र २ सय ४३ विदेशी डाक्टरमात्र पाएको उल्लेख गरे । राष्ट्रपति डिल्मा रौसेफले गत जुलाई ८ मा घोषणा गर्नुभएको उक्त कार्यक्रम ब्राजिलको अत्यन्तै जोखिमपूर्ण अवस्थाका जनताको स्वास्थ्य उपचारमा सुधार गर्ने महत्वाकाङ्क्क्षी योजना हो । माइस मेडिकोस कार्यक्रम सन् २०१४ सम्ममा ब्राजिलको सार्वजनिक स्वास्थ्य उपचार विस्तार गर्ने ५.६ अर्ब अमेरिकी डलरको योजना हो ।
सरकारको सर्भेक्षणअनुसार ब्राजिलमा १ हजार जनताको निम्ति १.८ चिकित्सक छ भने ५१ हजार डाक्टरहरूको अभाव छ । देशको उत्तरपूर्वी, अमेजन क्षेत्र र रियो डि जेनेरियो र साओ पाउलोका गरिब बस्तीमा डाक्टरको अभाव छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete