Wednesday, October 16, 2013

‘नेपालभाषा र सँस्कृतिबारे सिक्ने अवसर पाएँ’

वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)

‘नेपालभाषा र सँस्कृतिबारे सिक्ने अवसर पाएँ’

मिस ज्यापु प्रतियोगिता २०१३ मा सहभागी एकजना ज्यापु निर्जला महर्जनसँग गरेको कुराकानीको आधारमा तयार गरिएको  संक्षिप्त अन्तरवार्ता यहाँ प्रस्तुत छ। – सं 
१) प्रतियोगिता सहभागी हुने प्रेरणा कहाँबाट मिल्यो ?
    मैले वेभसाइटमा राखेको सूचनाको आधारमा परिवारको सल्लाह अनुसार सहभागी भएकी हुँ ।
२) कति जनाको बीच प्रतिस्पर्धा गरिरहनु भएको छ ?
    साउन २६ गते सासा बैक्विटमा अडिसन भयो । भाद्र १ गतेबाट नियमित सहभागी भै २७ जनासँग प्रतिस्पर्धा गरिरहेकी छु ।
३) यो अवधिभरी के–के गतिविधि भयो ?
    हामी सबै प्रतिस्पर्धीले नियमित क्याटवाक, नेपाल भाषा बोल्ने तरिका, कला संस्कृतिबारे दैनिक प्रशिक्षण लिइरहेका छौं भने ८ गते फिल्ड भिजिटको रुपमा मच्छेगाउँ तपाखेल गाउँमा कृषि कार्यको प्रतियोगिता र १५ गते मखन टोलमा सांस्कृतिक खाना (कल्चरल फुड) तयार पार्ने काम भैसक्यो भने २२ गते शनिबार नेवारी संस्कृतिमा प्रयोग हुने रक्सी बनाउने, जाँड बनाउने र चिउरा कुट्ने प्रतियोगिता हुँदैछ ।
४) कस्तो अनुभव गर्नुहुँदैछ ?
    प्रतिस्पर्धामा मनोनित हुनु नै ठूलो कुरा हो । विभिन्न प्रतिस्पर्धीसँग विचार आदानप्रदान गर्न पाएँ, नेपालभाषा र सँस्कृतिबारे थप सिक्ने अवसर मिलेको छ ।
५) कुन अवार्डबाट सम्मानित हुने आशा गर्नुभएको छ ?
    मिस ज्यापु बन्ने इच्छा भएरै यो प्रतियोगितामा भाग लिएकी हुँ । नेपाली जनताले मेरो लागि धेरै भन्दा धेरै भोटिङ्ग गरेर माया गर्नुभयो भने विजयी हुने आशा गरेकी छु ।
६) यो पत्रिकामार्फत् केही भन्न चाहनुहुन्छ कि ?
    म कीर्तिपुर वडा नं. ११ पाँगा, सिकुछेँ बस्ने निर्जला महर्जनले कीर्तिपुर काठमाडौंको नाम यो प्रतियोगितामार्फत् उच्च राख्न चाहन्छु । त्यसैले मेरो भोटिङ्ग कोड नं १५ अर्थात् भोट गर्नको लागि MJ_15 टाइप गरी 4243 (type MJ<space>15 send to 4243)मा SMS गरी भोट गरी दिनुहुन सबै दाजुभाई दिदी–बहिनीहरुमा हार्दिक अनुरोध गर्न चाहन्छु ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete