Wednesday, October 16, 2013

अर्जेन्टिना विश्वकपमा छनोट

वर्ष १०, अंक २४ (२०७० भाद्र २८ गते शुक्रबार प्रकाशित)

अर्जेन्टिना विश्वकपमा छनोट

    मोन्टेभिडियो – लियोनेल मेसीको २ गोलमा अर्जेन्टिनाले मंगलबार पाराग्वेलाई ५–२ ले पराजित गरी विश्वकपमा छनोट भएको छ । ब्राजिलमा अर्को वर्ष हुने प्रतियोगितामा दक्षिण अमेरिकी क्षेत्रबाट छनोट हुने अर्जेन्टिना पहिलो राष्ट्र हो । कप्तान मेसीले दुवै हाफमा पेनाल्टी गोल गरेपछि अर्जेन्टिनाले रवाफिलो विजय हात पार्दै विश्वकपमा छनोट भयो । प्रतिबन्धका कारण पहिलो रोजाइका चार खेलाडी नरहे पनि पाराग्वेका राजधानीमा भएको खेलमा अर्जेन्टिनालाई विश्वकपमा छनोट हुन बराबरी नै काफी थियो ।
    तर एलेजान्द्रो साबेलाको टोलीले विश्वकपमा अर्जेन्टिनाका किन दाबेदार टोलीमा राखिएको प्रमाणित गर्दै शानदार खेल प्रदर्शन ग¥यो । मेसीले १२औं मिनेटमा खाता खोले । ६ मिनेट नबित्दै जोसे नुनेजले घरेलु टोलीलाई बराबरीमा ल्याए। म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरोले ३२ औं मिनेटमा गोल गरी अर्जेन्टिनालाई पुनः अग्रता दिलाए ।
    रियाल मड्रिडका विङगर एन्जेलो डी मारियाले ५१औं मिनेटमा तेस्रो गोल गरे। २ मिनेटपछि नै अर्को पेनाल्टी पाउँदा मेसीले दोस्रो गोल गरे । २०११ को विश्वकपमा क्वाटरफाइनल पुगेको पाराग्वेबाट भेट्रान रोकी सान्ता व्रmुजले ८६ औं मिनेटमा गोल फर्काए। अन्तिम मिनेटमा म्याक्सी रोड्रिगुएजले पाँचौं गोल थपी अर्जेन्टिनालाई प्रभावशाली विजय दिलाए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete