Wednesday, October 16, 2013

वीर विस्तारको तयारी

वर्ष १०, अंक २४ (२०७० भाद्र २८ गते शुक्रबार प्रकाशित)

वीर विस्तारको तयारी

    देशकै पुरानो वीर अस्पतालको क्षमता र सेवा विस्तार गरिने भएको छ । चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) ले तयार पारेको गुरुयोजनालाई स्वास्थ्य मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले सहमति दिएपछि वीर अस्पतालको विस्तारका लागि विस्तृत अध्ययन सुरु भएको छ ।
    सम्भाव्यता अध्ययनपछि तीन वर्षमा सम्पन्न हुने गरी तीन चरणमा वीर अस्पतालको क्षमता वृद्धिको काम सम्पन्न गर्ने प्रक्रिया अगाडि बढिसकेको न्याम्सका रजिस्टार प्रा. मुकुन्द पन्थी बताउँछन् । ‘केज कन्सल्टेनटी प्रालिले सम्भाव्यता अध्ययनको प्राविधिक काम सुरु गरिसकेको छ । सम्भाव्यता अध्ययनपछि वीरको भौतिक संरचना र क्षमता विस्तार अघि बढ्नेछ’, पन्थी भन्छन् ।
    सम्भाव्यता अध्ययनसँगै विस्तार गर्न सरकारले आवश्यक बजेटसमेत छुट्ट्याउन सुरु गरिसकेको छ । पन्थीका अनुसार पहिलो वर्ष सम्भाव्यता अध्ययन गर्न दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सम्भाव्यता अध्ययनपछि वीरको विस्तारका लागि आवश्यक पर्ने बजेटको आकलन भएपछि सरकारले त्यसअनुसार बजेट विनियोजन गर्नेछ । गुरुयोजनाअनुसार पहिलो तीन वर्षमा वीरको अहिलेको चार सय ६१ शैयाको सेवा विस्तार गरेर आठ सय पु¥याउनेछ । नौ वर्षभित्र वीरलाई दुई हजार शैयाको अस्पताल बनाउने अवधारणा अगाडि सारिएको भए पनि प्राविधिक अध्ययनपछि मात्र कति शैया विस्तार गर्न सकिने भन्ने निक्र्यौल हुने पन्थी बताउँछन् । वीर अस्पतालसँग ६१ रोपनी जग्गा छ । वीरको स्वामित्वमा रहेको यो जग्गामा नयाँ अस्पताल भवन, नर्सिङ्ग क्याम्पस भवन, चिकित्सक आवासगृहलगायतका भौतिक संरचना निर्माण गरिनेछन् । यसका साथै चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र सेवा विस्तारका काम पनि साथसाथै अगाडि बढाइनेछ ।
    वीर अस्पतालका पुराना दुवै भवन जोखिममा रहेको विज्ञ बताउँछन् । वीरको ओपीडी रहेको भवन सन् १९८४ मा भारत सरकारले बनाएको हो भने पुरानो भवन ६१ वर्ष पहिले यूएसएआईडीको सहयोगमा बनेको हो । भूकम्पीय दृष्टिकोणले पनि वीरको भवन सुरक्षित छैन । वीर अस्पताल स्थापना भएको एक सय २४ वर्ष पूरा भएको छ । वीरपछि स्थापना भएको त्रिवि शिक्षण अस्पताल ६ सय शैयाको भइसकेको छ । तर वीर भने अहिलेसम्म चार सय ६१ शैयामै सीमित छ ।
    वीर अस्पतालको क्षमता र सेवा विस्तार गर्ने काम देशको आवश्यकता भएको अस्पतालका निर्देशक डा. बुलन्द थापा बताउँछन् । अस्पतालको क्षमता बढाइएपछि उपचारका लागि महिनौं कुर्नुगर्ने समस्या धेरै हदसम्म घट्नेछ । बिरामीको संख्या हरेक दिन बढ्दै जाने तर दुई दशक अगाडिकै सुविधाका आधारमा सेवा दिनुपर्दा समस्या थपिएको थापा बताउँछन् । उनले भने,‘म वीर अस्पताल छिरेको २५ वर्ष भयो । त्यति बेला ११ वटा अपरेसन थिएटर थिए । अहिले पनि त्यति नै छन् । अनि कसरी छिटो सेवा दिने ?’ वीर अस्पतालमा विभिन्न रोगको उपचारका लागि दैनिक एक हजार पाँच सयभन्दा बढी बिरामी आउने गरेका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete