Wednesday, October 16, 2013

रोहित समूह उन्मूलन गर्न सरकारी षड्यन्त्रमा भक्तपुर काण्ड ?

वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)

रोहित समूह उन्मूलन गर्न सरकारी षड्यन्त्रमा भक्तपुर काण्ड ?

    राज्यस्तरबाट षड्यन्त्र हुनु कुनै नौलो घटना वा विषय होइन । परापूर्वकालदेखि राज्यस्तरका षड्यन्त्रहरू भएको तथ्य इतिहासमा पाइन्छ । राणाकालमै षड्यन्त्र गरी ‘एक तीर दुई शिकार’ गरिएका घटनाहरू इतिहासका पाना–पानामा भेटिन्छन्। त्यस्तै कूटनीतिका पारखी मानिने चाणक्यले कौटिल्य अर्थशास्त्रमा, विद्वान इतिहासकार सत्यकेतु विद्यालङ्कारको ‘आचार्य विष्णु गुप्त चाणक्य’ (ऐतिहासिक उपन्यास) मा, मेकियावेलीको ‘द प्रिन्स’ मा यस्ता घटनाहरूको वर्णन र उल्लेख गरिएको पाइन्छ । विश्व प्रसिद्ध साहित्यकारहरूको कृतिमा पनि यस्ता विषयलाई स्थान दिएको पाइन्छ । सारमा, षड्यन्त्र धेरै पुरानो हो । अतः भक्तपुर काण्ड न पहिलो षड्यन्त्र हो न अन्तिम नै हुनसक्छ । विगतमा विषकन्या प्रयोग गरिन्थ्यो भने भक्तपुरमा ‘विष कुमार’ प्रयोग गरियो भन्दा अत्योक्ति नपर्ला ।
    षड्यन्त्रको उपलब्ध परिभाषामा भनिएको छ – कुनै कानुनी काम गैरकानुनी तरिकाबाट गर्ने वा गराउन गरिएको मतलाई षड्यन्त्र भनिन्छ ।
    देशमा कति पञ्च र कति बहुदलवादी छन् भत्रे अनुमानलाई जनमतसङ्ग्रहले क्रमशः ५५ प्रतिशत र ४५ प्रतिशत भएको पुष्टि सरकारी पक्षले नै गरिसकेको छ । ४५ प्रतिशतका बहुदलवादीहरू विभित्र समूहमा विभाजित छन् । ती समूहमध्ये रोहित समूह एउटा हो। बहुदलवादीहरू पञ्चायती व्यवस्थाका विरोधी हुन् । बहुदलवादीको प्रतिकार गर्नु पञ्चहरूको अधिकार र कर्तव्य हो। पञ्चायत व्यवस्थाविरुद्ध त्यस्तो नैसर्गिक अधिकार र कर्तव्य प्रतिबन्धित राजनैतिक समूहहरूले आ–आफूमा सुरक्षित राखेका छन् । ‘व्यवस्थाविरोधी गतिविधिको राजनैतिक रूपमा प्रतिकार गर्ने दृढता’ अनगिन्ती पटक व्यक्त गरे पनि यो देशमा व्यवस्था र सरकारसँग भित्र मत राख्नेहरूविरुद्ध ‘मृत्यु घण्टा’ बजिसकेको छ, कतिपय नेता र कार्यकर्ताहरू सशरीर उन्मूलन भइसकेका छन्। जेलमा कोचिएका छन् । आज पनि खबरदारी, कडा कारबाहीको चेतावनी आदि सुनिएकै कुरा हुन् । राजनैतिक रूपले प्रतिकार गर्न राजनैतिक सिद्धान्तको अभावमा दण्डाले प्रतिकार गर्न बाध्य हुन्छन् ।  कमजोर सरकार, सिद्धान्तविनाका राजनीतिज्ञहरू बढी निरङ्कुश हुन्छन् भत्रे कुरा देशको दैनिक घटनाले पुष्टि गरिरहेको छ । त्यसैले यहाँको व्यवस्था र सरकारका शो केसका राजनीतिज्ञहरूले राजनैतिक रूपले प्रतिकार गर्ने दृढता व्यक्त गर्नु र हुटिट्याउँले सगर थाम्ने अठोट गर्नुमा कुनै अन्तर छैन ।
    जे होस, बहुदल पक्षका रोहित समूहको विरोध गर्नु पञ्चायती व्यवस्था र सरकारको कर्तव्य र दायित्वभित्रै पर्दछ, कानुनले मान्यता दिएकै विषय हो । तर व्यवस्था र सरकार राजनैतिक रुपमा आउन सकेन र ‘फा“सी दे’ को नारा लिएर षड्यन्त्रपूर्वक सशरीर उन्मूलन गर्न खोजेको देखिन्छ । रोहित समूहविरुद्ध प्रतिकार गर्ने ‘कानुनी काम’ लाई कार्यपालिका प्रमुख मरिचमान सिंह श्रेष्ठ र व्यवस्थापिका प्रमुख नवराज सुवेदीले ‘गैरकानुनी तरिकाबाट’ सशरीर उन्मूलन गर्न ‘सहमत’ भएकोले भक्तपुर काण्ड सरकारी षड्यन्त्र हो । जिल्लादेखि केन्द्रसम्मको राज्यका सम्पूर्ण निकाय संलग्न भएकोले यो राज्यस्तरको षड्यन्त्र मात्रुपर्छ ।
    राज्यस्तरबाट षड्यन्त्र हुनु कुनै नौलो घटना वा विषय होइन । परापूर्वकालदेखि राज्यस्तरका षड्यन्त्रहरू भएको तथ्य इतिहासमा पाइन्छ । राणाकालमै षड्यन्त्र गरी ‘एक तीर दुई शिकार’ गरिएका घटनाहरू इतिहासका पाना–पानामा भेटिन्छन्। त्यस्तै कूटनीतिका पारखी मानिने चाणक्यले कौटिल्य अर्थशास्त्रमा, विद्वान इतिहासकार सत्यकेतु विद्यालङ्कारको ‘आचार्य विष्णु गुप्त चाणक्य’ (ऐतिहासिक उपन्यास) मा, मेकियावेलीको ‘द प्रिन्स’ मा यस्ता घटनाहरूको वर्णन र उल्लेख गरिएको पाइन्छ । विश्व प्रसिद्ध साहित्यकारहरूको कृतिमा पनि यस्ता विषयलाई स्थान दिएको पाइन्छ । सारमा, षड्यन्त्र धेरै पुरानो हो । अतः भक्तपुर काण्ड न पहिलो षड्यन्त्र हो न अन्तिम नै हुनसक्छ । विगतमा विषकन्या प्रयोग गरिन्थ्यो भने भक्तपुरमा ‘विष कुमार’ प्रयोग गरियो भन्दा अत्योक्ति नपर्ला ।
“विष कुमार” किन?
    अतीतमा प्रयोग गरिने विषकन्याहरू सामान्य कन्याभन्दा सुन्दरता, बोली वचन, हाउभाउ .... आदि सबै क्षेत्रमा उत्तम (बढी) हुन्थे । त्यस्ता विषकन्या अचेल पाइ“दैन । तर पनि विष कन्या जसरी एक नजरमा नयनाकर्षक र चित्ताकर्षक हुन्छ त्यस्तै नाम चलेको व्यक्तिलाई अचेल प्रयोग गरिन्छ । भारतीय सभामुख बलराम जाखडप्रति अशिष्ट व्यवहार गराउन चर्चित रा.प.स. उमेशजङ्ग थापालाई उपयोग गरिएको थियो । त्यस्तै कर्णप्रसाद ह्योजू रा.प.स. भइसकेको र रोहित समूहबाट निकालिएको कारण उनी नाम चलेका व्यक्ति हुन् । त्यस्तो व्यक्ति प्रयोग गर्दा जुन उद्देश्यले षड्यन्त्र गरिएको हो त्यो पूर्तिको निम्ति व्यापक प्रचारमा निकै सघाउ पुग्छ । घटनाले पनि यसलाई पुष्टि गरेकै हो ।
    रोहित समूहबाट निकालिएका कर्ण ह्योजूलाई आफ्नो खेमामा स्वागत गरेपछि व्यवस्था र सरकारले धेरै ठूल्ठूला उपलब्धिको अपेक्षा गरेको कुरो माथि पनि गइसकेको छ । रोहित प्रवासमा छँदा भक्तपुरको कार्यक्रमहरू उनकै अगुवाइमा भइरहेकोले उनी रोहित समूहको ‘दोस्रो नेता’ र ‘महत्वपूर्ण व्यक्ति’ को रुपमा प्रचार भइसकेका थिए । त्यसैले ह्योजू नभएपछि रोहित समूह ऐना फुटेझैं चकनाचुर हुनेछ जुन कहिल्यै जोडिने छैन भत्रे आशयका खबरहरू छापामा पनि देखिएका थिए । तर ह्योजू निकालिएपछि त्यस्तो केही भएन। एक गिलास पानीबाट छचल्किएर पोखेको एक थोपा पानी र रोहित समूहबाट निकाला गरिएका ह्योजूको स्थिति एवम् महत्व तथा परिणाममा कुनै भेद देखिएन । २०४३ को वर्गीय सङ्गठनको प्रारम्भिक समितिको निर्वाचन लड्न भू.पू.रा.प.स. कर्ण ह्योजू नगर छोडेर चित्तपोल गाउ“मा पुगेबाट उनको चुरीफुरी सबै जगजाहेर भयो ।
    यसरी पाइला–पाइलामा पराजय भोग्दै हिँडेका ह्योजू व्यवस्था र सरकारलाई निल्नु र ओकल्नुको घाँडो बत्रे नै भए । घाँडो पनि झुसिल्कीराजस्तो अति खञ्चुवा स्वभावका थिए । आखिर ह्योजू पनि त पञ्च हुन् नखाई काम गर्नसक्ने ‘जनसेवक’ को क्षमता उनले २, ३ वर्ष अघि नै गुमाइसकेका थिए । व्यवस्था भक्तहरूको जमात तयार पार्ने नाममा जति रकम ल्याए पनि ह्योजूले उपलब्धि देखाएर आफ्ना मालिकहरूलाई सन्तोष पार्न सकेन । ह्योजू आफै पनि प्रत्येक कोसिसमा विफलतामा टुङ्गिएबाट विचलित हुने अवस्थामा पुगेका थिए । यस्तैमा भदौ ५ गते भूकम्प गयो । ह्योजूले आफ्नो ‘प्रभाव’ बढाएर उपलब्धि देखाउने सुवर्ण अवसर देखे । त्यही प्रस्ताव लिएर उनी प्रधानमन्त्री र रा.प. एवम् प.नी.जाँ.बु.स. अध्यक्षसमक्ष बिन्ती गर्न पुगे । श्री ५ को सरकारले इतर समूहलाई उद्धार र राहत सामग्री वितरण गर्नमा रोक लगाएको नीतिले भक्तपुरमा रोहित समूह र अन्य इतरहरू पनि बाँधिएकै थिए । यस्तो परिस्थितिमा पञ्च ह्योजूको सोचाइ आफ्नो ठाउँमा जायज थियो । तर रोहित समूहको प्रभावको कारण ‘भक्तपुरे ज्यापू’ हरूलाई राहत र रकमले पञ्च बनाउन नसकिने पूर्व ज्ञान भएका कार्यपालिका प्रमुख र व्यवस्थापिका प्रमुखले ह्योजूको त्यही जायज सोचाइमा षड्यन्त्रको पहिलो बिजाङ्कुरण देखे। त्यस बिजाङ्कुरणलाई झा“गिन दिन श्री ५ को सरकारले भूकम्पकै दिन घोषणा गरेको प्रति मृतक रु. २०००।– (दुई हजार) र प्रतिपीडित परिवार ४० (चालीस) केजी चामल पूर्वाञ्चल, काभ्रे जिल्लामा वितरण ग¥यो तर धेरै क्षति भएको भक्तपुरमा निकासासम्म गरेन । रकम निकासा गर्यो, सरकारी राहत अझै रोकिराख्यो ।  राजधानीबाट १३ किमि टाढा रहेको भक्तपुरमा सरकारी राहत रोकेर ‘विशेष नीति’ तर्जुमा गरी गैरसरकारी दाता संस्था र ह्योजूलाई क्षमा पूजाको दिन पारी पठायो। पूजाआजामा नेवारहरू जा“ड रक्सी बढी प्रयोग गर्छन् र फलस्वरुप हुल हुज्जत पनि हुने गरेको कुरा जगजाहेर छ । (सरकारी राहत भदौ ९ गतेको घटना घटेपछि मात्र उपलब्ध भएको थियो।) उपत्यकामा भूकम्पको बढी चोट भक्तपुरलाई परेको थियो र हजारौंको संख्यामा पीडितहरू थिए । तर ‘विशेष नीति’ अन्तर्गत पठाइएको गैरसरकारी राहत सामग्री जम्मा ७० (सत्तरी) परिवारको लागि मात्र थियो ।
    असीमित आवश्यकता र सीमित आपूर्ति झगडाको बीउ हो । ‘जहाँ कङ्गाल त्यहाँ चण्डाल’ को अर्थ बुझेका वाक्पटु ह्योजूले प्रधानमन्त्री र रा.प.एवम् प.नी.जाँ.बु.स. अध्यक्षस“ग आफ्नो सुरक्षाको बन्दोबस्त गरी दिन अनुरोध गर्नु जति स्वाभाविक छ, कार्यपालिका प्रमुख र व्यवस्थापिका प्रमुखले सुरक्षाको ग्यारेन्टी दिनु पनि त्यत्तिकै औपचारिक छ । गोल्मढीमा डी.एस.पी. र प्रहरी भ्यान आइपुग्दा र छोडेर जाँदा ह्योजूको मुखमा आएको परिवर्तनको कारण यही हो । राज्यस्तरको षड्यन्त्रमा आफूलाई उपयोग गरिएला भनी ह्योजूले सपनामा पनि सोचेका थिएनन् होलान् । रोहित समूह उन्मूलन गर्ने ठूलो स्वार्थ पूरा गर्न विनाकामको घाँडो ह्योजूलाई यस षड्यन्त्रमा ‘क्यास’ (भजाउनु) गरिएको थियो ।
स्रोतः “फाँसी दे”

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete