वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
भारत चुनाव पछि सार्ने पक्षमा छैनः बिजुक्छें
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें
(रोहित) ले प्रधानन्यायाधीश खिलराज नेतृत्वको सरकारले घोषणा गरेको दोस्रो
संविधानसभाको चुनावको मिति पछि सार्ने पक्षमा नरहेको खुलासा गर्नुभएको छ ।
देशमा बढ्दो वैदेशिक हस्तक्षेप विषयमा काठमाडौं थापाथलीस्थित मार्टिन
चौतारीले मङ्गलबार गरेको ‘नेपालको सार्वभौमसत्ता र वैदेशिक हस्तक्षेप’
विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बिजुक्छेंले आगामी मंसिर ४ गते हुने
चुनाव पनि भारतकै निर्देशनमा हुन गइरहेको हुँदा चुनाव पछि सार्ने पक्षमा
नरहेको देखिएको खुलासा गर्नुभएको हो ।
उहाँले चुनावको मिति घोषणा
भइसकेपछि देशका ‘शासक’ दलका शीर्षस्थ नेताहरूको भारत भ्रमणपछिको
प्रतिक्रियाले भारत चुनाव सार्ने पक्षमा नदेखिएको स्पष्ट हुँदै गइरहेको
बताउँदै ‘पूँजीवादी’ दलका नेताहरू भारतीय विस्तारवाद र भारतीय एकाधिकार
पूँजीको चङ्गुलमा फसिरहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले शासक
दलहरूले भारतीय विस्तारवादसमक्ष आत्मसमर्पण गरिसकेको प्रसङ्ग उठाउँदै
भन्नुभयो – ‘भारत भ्रमणमा गएका नेताहरूले चुनाव मंसिर ४ नै हुन्छ भन्ने
जवाफ दिनुको तात्पर्य भारत मंसिरमै चुनाव चाहन्छ भन्ने अर्थ लाग्छ ।’
कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरूले वैदेशिक हस्तक्षेपसम्बन्धी
राखेको प्रश्नको जवाफ दिँदै अध्यक्ष बिजुक्छेंले देशमा बढिरहेको भारतीय
विस्तारवाद र पश्चिमेली देशहरूको प्रभावका कारण देशको सार्वभौमिकता र
स्वतन्त्रतामा आँच आएको हुँदा सार्वभौमिकता रक्षाका लागि मनमा लघुताभाषको
भावना नराखीकन निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेंले भारतीय विस्तारवादी नीति लागू गराउने काममा ठूला दलका
नेताहरू लागेको हुँदा नेपाल भारतको नवउपनिवेशजस्तै बनेको जनाउँदै देश
चलाउने सबै संयन्त्रमा विस्तारवादका सहयोगीहरू छिरिसकेको हुँदा देशको
अवस्था गम्भीर स्थितिमा पुगेको चर्चा गर्नुभयो ।
‘भारतीय
एकाधिकार पूँजी र विस्तारवादको छायाँमा नेपाल परिसकेको छ, यसलाई सिधा
भाषामा नवउपनिवेश भन्नुपर्छ । यस विरूद्ध हामीले संघर्ष गर्दै नयाँ
पुस्तालाई पनि सार्वभौमिकता रक्षा गर्ने भावनाबाट शिक्षित गर्नुपर्छ ।’
उहाँको भनाइ थियो ।
उहाँले देशको सार्वभौमसत्ता जोगाउनका लागि
आत्मसमर्पणको भावना त्यागेर अन्तिम दमसम्म लड्ने भावनाको विकास गर्न सके
तथा खुला सिमानालाई व्यवस्थित गर्न सके वैदेशिक हस्तक्षेप न्यूनीकरण गर्न
सकिने बताउनुभयो ।
कार्यक्रममा आयोजक चौतारीका सञ्चालक देवेन्द्र
कुँवर, प्रत्युष वन्त, पूर्णमान तपोल, देवराज तथा सहभागीहरू घनश्याम
खड्का, ध्रुवराज जोशी, रामकृष्ण, पत्रकार हरिसुन्दरसमेतले जिज्ञासा
राख्नुभएको थियो ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete