वर्ष १०, अंक २४ (२०७० भाद्र २८ गते शुक्रबार प्रकाशित)
दशैंको मुखमा महङ्गी
तपाईं धेरै दिक्क भइसक्नु भयो होला । जुन जोगी आए पनि कानै चिरेको अर्थात् जुन सरकार आएपनि जनतामारा ।
स्वतन्त्र र चुनावी मन्त्रिमण्डलका अध्यक्ष खिलराज रेग्मी पनि आखिर कानै चिरेको प्रधानमन्त्री सावित भए ।
प्रम बनेको ४ महिनामै संविधानसभाको निर्वाचन दोस्रो सफलता पूर्वक सम्पन्न गर्ने मुख्य लक्ष्य लिई आएकाले सरुवा बढुवा त हुँदै गरे भने अन्ततः पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनतामारा समेत कार्य गर्न भ्याए ।
नेपाली जनताको महान चाड विजया दशमीको मुखमा गरिएको मूल्यवृद्धिले नेपाली जनताको ढाड सेकिएको छ । अव पेट्रोल ५ रुपियाँ वृद्धि सँगै १२५ बाट १३० रुपैयाँ भएको छ भने डिजेल र मट्टितेलमा ३÷३ रुपैयाँ बृद्धिसँगै १०० बाट १०३ प्रति लिटर पुगेको छ भने हवाई इन्धन ७ रुपैयाँले वृद्धि गरेको छ ।
अब अनियन्त्रित बजार मूल्य थप अनियन्त्रित हुनेछ भने महङ्गीले आकास छुने भएको छ । सरकार देश र जनताप्रति वफादार हुनुहुन्छ भने दैनिक प्रयोग गरिने कुनै पनि वस्तुमा मूल्यवृद्धि गरिँदैन उपभोग्य वस्तुमा गरिने सेवा सुविधा अन्यबाट पुरा गर्नु पर्दछ ।
अहिले सम्ममा हरेक सरकार पंचायती निरंकुश शासनलाई माथ गर्दै ४६ साल पछिका कथित जनताको सरकारले नेपाली जनतालाई महङ्गी उपहार दिएका छन् । नेपाली काँग्रेस, एमाले, एमाओवादी जनविरोधी काम गर्न, महङ्गी वृद्धि गर्न को भन्दा को कम जस्तै गरे भने खिलराज रेग्मी पनि त्यो कार्यबाट अछुटो रहन
सकेनन ।
तपाईं हामीले हामी सबै नेपाली जनताको हित गर्ला भनेर पटक पटकको निर्वाचनमा जिताएर पठाउनु आखिर जनतमाथि कुशासन गर्ने लाइसेन्स र अनुमति दिनु सरह भएको छ । जनविरोधी कार्य पूँजीवादी सरकारको सोच हो । जुन कार्य कम्यूनिष्ट भनाउँदाले नै पुरा गरिरहेको छ । अब फेरि संविधानसभाको चुनाव नजिकिँदैछ । तपाईंको भोट फेरि त्यस्ता पार्टी र व्यक्तिलाई मत दिँदै हुनुहुन्छ कि सही विकल्प खोज्नु हुन्छ । पटक पटक हेर्दा पनि हामी नेपाली जनताले सही विकल्प र विवेक खोज्न सकेन भने हाम्रो भविष्य हामीले नै धिकारेको हुनेछौं ।
समय लाग्छ सही विचार र सही विकल्पको विकास रोज्ने बेला आएको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete