Wednesday, October 16, 2013

‘हत्यामा प्रतिस्पर्धा’ गर्नेलाई कारवाही

वर्ष १०, अंक २४ (२०७० भाद्र २८ गते शुक्रबार प्रकाशित)

‘हत्यामा प्रतिस्पर्धा’ गर्नेलाई कारवाही

    चुनाव र न्यायमध्ये तत्कालमा कुन महत्वपूर्ण छ ? यस्तो प्रश्न कसैले उठाए जवाफ दिनेहरूले आ–आफ्नै विश्लेषण र तर्कको आधारमा फरक फरक दिनेछन् । त्यसैले दुवै विषय चर्चाको शिखरमा रहेको छ ।
हत्या होड
    गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीलाई ‘सर्वहारा क्रान्ति, समाजवाद र साम्यवाद’ को नारा दिँदै ‘जनयुद्ध’ को नाममा सशस्त्र विद्रोह गर्ने माओवादीहरूले चितवनमा अपहरण गरी २०६१ साल जेठ २४ गते हत्या गरेका थिए । १९ वर्षका एक ठिटोले ‘जनयुद्ध’ विरूद्ध के कस्तो गम्भीर ‘अपराध’ गरे होलान् र ‘सफाया’ ग¥यो ? धेरैको मनमा खुल्दुली छ । कथित जनयुद्धको नाममा यस्ता धेरै हत्या घटनाहरू प्रकाशमा आएका छन् जसमा सैद्धान्तिक, तार्किक, युद्ध वा विद्रोह र दमनका नियमको पालना गरिएका छैनन् । राज्य र विद्रोही दुवै पक्षबाट निर्दोष सर्वसाधारणको ‘हत्यामा प्रतिस्पर्धा’ गरेको अनुभव सर्वत्र सहजै गरिएको छ । त्यसैले विद्रोह र दमनको नाममा निरपराधहरूको हत्या गर्ने हत्याराहरूलाई कानुनअनुसार अदालतमा उभ्याउनुपर्ने संवेदनशील र गम्भीर आवाज उठिरहेको छ र उठिरहने निश्चित छ ।
    निर्दोष आफ्ना छोराको हत्यारालाई कारबाही गर्न वृद्ध बाबु नन्दप्रसाद र आमा गंगामायाले वर्षांैदेखि गरेको आग्रह–अनुरोधलाई राज्यले बेवास्ता गरेपछि आमरण अनसनमा बसे । तीन सातापछि राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई फेरि घच्घच्यायो, सरकार बिउँझियो र अनुसन्धान सुरू ग¥यो । आमरण अनसनको ४४ औं दिन एक अभियुक्त रामप्रसाद अधिकारी पक्राउ परेका छन् ।
    यसबीच न्यायको लागि आमरण अनसन बस्ने नन्दप्रसाद र गंगामायाप्रति ऐक्यबद्धता जनाउनेहरूको संख्या बढ्दै गयो, तिनीहरूको ज्यान बचाउन सरकारमाथि दबाब थपिँदै गयो भने तत्कालीन विद्रोही एमाओवादीले पनि अनुसन्धान प्रक्रिया बन्द गर्न दबाब र धम्की बढाउँदै गयो । यसक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कथित जनयुद्धका सर्वोच्च कमाण्डरको हैसियतले सक्छौ भने ‘हामीलाई पक्राउ गरेर देखाऊ’ भन्दै ‘परिणाम गम्भीर हुने’ भनी राज्यलाई चुनौती र चेतावनी दिए । उनका अनुसार द्वन्द्वकालमा जे जति भए त्यो आफू र ‘जनसरकार’ का प्रमुख बाबुराम भट्टराईको आदेशबाट भएको हो, तलका कार्यकर्ताको केही दोष छैन । जिम्मेवारी लिने यो ‘प्रचण्ड’ को सा¥है व्यावहारिक कुरा हो । त्यसैले राज्यले त्यस चुनौतीलाई ध्यानमा राख्नुपर्ने देखिन्छ ।
दृढ संघर्ष
    आमरण अनसनकारीहरू सरकार प्रमुखदेखि थुप्रैबाट दिइएको आश्वासनमा सन्तुष्ट र विश्वस्त नहुनुले दोषीलाई कारबाही गराएरै छाड्ने दृढ इच्छा निश्चय पनि सराहनीय छ । दण्डहिनता झण्डै राज्य नीति बन्न थालेको स्थितिमा अधिकारी दम्पतिको संघर्ष र विद्रोह साँच्चै भन्ने हो भने ११ वर्षे ‘जनयुद्ध’ भन्दा निकै प्रभावकारी र उच्चकोटीको देखिएको छ । कसैको जनधनको क्षति नपु¥याई सरकारलाई ब्युँझाउने र बल प्रदान गर्ने ‘शान्तिपूर्ण’ संघर्षको परिणाम निश्चय पनि सकारात्मक हुने सर्वत्र विश्वास गरिएको छ । तर न्याय दिन बसेको अदालतले अनुसन्धानलाई तिव्रता दिन थप घच्घच्याउनुको साटो ‘जबरजस्ती खुवाउनु’ भन्ने आदेश दिएकोमा भन्ने सर्वत्र आश्चर्य व्यक्त गरिएको छ । चुनावी सरकारको अध्यक्षता गरिरहेका प्रधानन्यायाधीश खिलराज रेग्मीविरूद्धका र संवैधानिक विवादका गरी १७ वटा निवेदन एकतर्फी रूपमा खारेज गर्ने ‘जात’ थाहा नभएको अदालतले भोलि ‘प्रचण्ड’ को ‘कसको भविष्य के हुन्छ ?’ भन्ने अभिव्यक्तिबाट प्रभावित हुने र हत्या मुद्दा फासफुस पार्ने हो कि ? यस्तो आशङ्का पनि गाउँ–सहरमा सुनिन थालेको छ ।
    चुनाव भाँडभैलोलाई निरन्तरता दिन होइन दण्डहीनतालाई अन्त्य गर्न हो भन्ने लागेको छ । त्यसैले अधिकारीको हत्या मुद्दामा दूधको दूध पानीको पानी हुने अपेक्षा सर्वत्र गरिएको छ । त्यसबाट चुनावप्रति मतदाताको विश्वास बढ्नेछ अन्यथा चुनाव पछि पनि दण्डहीनताले निरन्तरता पाउने, सानालाई ऐन ठूलालाई चैन हुन्छ भने चुनाव राजस्व रित्याउने र जनतालाई दुःख दिने अभ्यासमात्र सावित हुनेछ, जनताले यस्तै ठान्नेछन् । 
“फुपूको सराद्ध”
    ‘चुनाव हुन्छ कि .....’ भन्ने आशङ्कायुक्त सम्भावना अझै विद्यमान छ । चार शासक दलभित्र त उम्मेदवार छनोटको क्रममा चाकडी, घुर्की, तनाव–विवाद .... सुरू भइसकेको छ भने भनाभन र घम्साघम्सीको खबरको पृष्ठभूमि तयार हुँदैछ । त्यस्तो समाचार नेपालीहरूका निम्ति कुनै अभूतपूर्व र आश्चर्यजनक नहुने कुरा पनि स्पष्टै छ ।
    दोस्रो संविधानसभाको लागि घोषणा गरिएको चुनावबारे केही दल र मोर्चाले विरोध गर्दै आएका छन् । तिनीहरूले उठाएका माग सबै नाजायज छैनन् । तर आश्चर्यको कुरा जायज मागलाई लत्याउँदै नाजायज मागमा अद्दी लिएर देश र जनताको हुर्मत लिन खोजेको स्पष्ट सङ्केत दिएको छ ।
    हत्या गरिएको संविधानसभामा ६०१ सदस्य थिए । सयौं सदस्य त केवल हात उठाएर वा टेबल ठोकेर ‘संविधानविद्’ बनेका थिए भने कतिपयले त सुतेरै, गफ गरेरै, लठैत बनेरै राजस्व रित्याएका थिए । ६०१ को संख्या नेपालको भौगोलिक र जनसंख्याको आधारमा धेरै भएको आवाज र विरोध उठेको थियो । त्यसैले घटाउनुपर्ने ‘सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न नेपाली जनता’ को चाहना र भावनालाई कदर गर्दै अध्यादेश जारी गर्दा ४९१ बनाइएको थियो । तर एउटा मोर्चासँग सहमति गर्दा ५८५ पु¥यायो भने अर्को मोर्चासँग सहमति गर्दा ६०१ नै पु¥यायो । चुनाव बहिष्कार र बिथोल्न भन्दै आएको एउटा मोर्चा अझै बाँकी छ । त्योसँग सहमति गर्दा अझ बढ्ने हो कि ? किनभने घटाउँदा सहमति गरिएसकेका दुई मोर्चा असहमत हुने स्वाभाविक छ । दोस्रो संविधानसभा ७–८ सय सदस्यको मात्र हुने हो कि अझ बढ्ने हो ? कतै सम्पूर्ण वैध मतदाता नै ‘स्वतः संविधानसभा सदस्य बनाउनुपर्ने’ माग पो गर्ने हो कि ! कसलाई के थाहा ?
    संविधान बनाउनेभन्दा कुर्सीको लागि कुकुरझगडा गर्ने कथित ठूला दलहरूले अर्बौं रकम खेर फाले, दोस्रो संविधानसभामा कति खर्बले ‘फुपूको सराद्ध’ गर्ने हो अज्ञात छ ।
    देशको अवस्था, जनताको स्थिति, अर्थतन्त्र, आयात–निर्यात, उद्योग व्यापार........ जताततै खस्केको विश्लेषण भइरहेको बेला अनावश्यक संख्या थपेर यिनीहरूले के नयाँ नेपाल बनाउँछन् ? जनताको रगत पसिनाले जम्मा भएको राजस्वमा आ–आफ्ना भातमाराहरू पाल्ने तिनीहरूको नियत खेद्जनकमात्र होइन विरोधयोग्य छ । किनभने संविधान भनेको संख्याले बनाउने होइन विचार, तर्क, बुद्धि र आवश्यकताले बनाउने हो । त्यसैले निहीत स्वार्थले आ–आफ्ना भातमारा र राजस्वमाराको संख्या थप्नेहरूले संविधान बनाउँदैन – यो सत्य र तथ्य हो । 
— जोराल

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete