Wednesday, October 16, 2013

कस्तो पार्टी चुनाव उठ्दैछ ? – २

वर्ष १०, अंक २४ (२०७० भाद्र २८ गते शुक्रबार प्रकाशित)

कस्तो पार्टी चुनाव उठ्दैछ ? – २

‘मौका नपाएसम्म इमान्दार बन्ने नेताले देश विगारे,
भागवण्डाको राजनीतिले देश ब्रम्हलुट गरे’
राजनीति फोहोरी खेल हो ? राजनीतिले देश विकास गर्दैन ? किन राजनीति गर्ने ? राजनीति प्रति वितृष्णा कसले फैलायो ?
हिजो संविधानसभाबाट संविधान कसरी बनेन ? संविधानसभाको हत्या कसरी भयो ? अहिले बन्छ भन्ने के ग्यारेन्टी ?

    गत अंकमा राजनीतिक के हो र किन राजनीतिबारे छलफल गरेका थियौं । अव यो अंकमा राजनीतिमा लागेपछि विकास हुँदैन र राजनीतिप्रति कसले वितृष्णा फैलायो बारे छलफल गर्ने जमर्को गर्दैछु ।
राजनीतिमा लागेपछि विकास या बिनास ?
    राजनीति सवैको हित चाहने नीति हो । राजनीतिक कार्यकर्ताहरु इमान्दार, लगनशील भएमा देशको विकास सजिलै हुन्छ । काठमाडौं, कीर्तिपुर, भक्तपुर ललितपुरमा ०४६ साल पछि ७० सम्म पुग्दा धेरै परिवर्तनशील विकास भएको छ ।
    हिजो फोहोर शहर जथानाम दिशा पिशाव गर्ने ठाउँ अहिलेसम्ममा पूर्ण हटिसकेको छ भने राज्यले सन् २०१४ सम्ममा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको छ । बाटो निर्माण मथ–मन्दिर जिर्णोद्वार, संरक्षण सम्बद्र्वनमा द्रुत गतिले कार्य भैरहेको छ ।
    माथि उल्लेख गरेझै विकासमा इमान्दार, लगनशील र पारदर्शी भएमा धेरै विकास हुन सक्दछ ।
    विकासमा विनाश पनि भएको पाइन्छ । विनाश यस अर्थमा छ कि विकासको लागि विकास र विकासको रकम समेत कमशल सामान प्रयोग गरेर, कमिशनमा फसेर जुन चाहना अनुसार विकास हुनुपर्ने हो त्यो भएको पाईदैन । विशेषत कीर्तिपुरमा संचालित ढुंगा विछ्याउने मथ–मन्दिर निर्माण लगायतका हिसाव सार्वजनिक नभएपछि पैसाको विनाश भएको शंका गर्न थालेको छ ।
    देशमा एउटा सस्तो नमूना नगरपालिका पनि हामीले देखिरहेका छौं । त्यो हो भक्तपुर नगरपालिका । जुन नपामा त्यहाका भक्तपुरवासी र नगर, जिल्लाका जनप्रतिनिधिहरुको सक्रियताले एसियामै एउटा सफा नगर घोषणा भैसकेको छ भने पर्यटकीय गन्तव्य बनिसकेको छ । नेपाल आउने पर्यटक सवैभन्दा बढी अवलोकन भक्तपुर नगरमै भएको छ । जसबाट आ.व. २०६९/०७० मा भक्तपुर नपाले पर्यटक शुल्क बाट मात्रै १८ करोड राजश्व उठाएको छ ।
    त्यति मात्र होइन ट्रान्सपरेन्सी इन्टरनेशनलले समेत नेपालको एउटा मात्र ट्रान्सपरेन्सी नगर भक्तपुर घोषणा गरिसकेको छ ।
    पर्यटकीय शुल्कबारे पर्यटन क्षेत्रमा खर्च गरेर बाँकी रकम शैक्षिक क्षेत्रमा पनि लगानी गरी भक्तपुर शैक्षिक अध्ययन केन्द्रको रुपमा विकास गरिसकेको छ । एक घर एक स्नातक सन २०१६ को लक्ष्य साथ भक्तपुर नपाले ५ वटा कलेज संचालनमा छन् भने ख्वप विश्वविद्यालय स्वीकृतिको लागि अन्तिम चरणमा पुगेको नपा स्रोतको छ ।
    भक्तपुर नपाको विकास जनताको चाहनालाई भक्तपरका स्थानीय निकायमा पुग्न सफल राजनीतिक पार्टी र भक्तपुरवासीको महत्वपूर्ण हात रहेको छ ।
    विकासको नाममा विनाश गरेको भए आज भक्तपुर नपा पनि विनासको मुखमा परिसक्दथ्यो । आज सवैले सरसफाई सहर, पर्यटकीय सहर, शैक्षिक केन्द्रको उदाहरण र अनुकरणीय भक्तपुर नपाले गरिररहेको छ ।
राजनीतिमा वितृष्णा कसले फैलायो ?
    राजनीतिप्रति वितृष्णा कसले फैलायो भन्ने प्रश्नको सतिक जवाफ सत्तामा पुगेका राजनीतक शासक दलले नै गरेको प्रष्ट छ ।
    मौका नपाएसम्म मात्र इमान्दार बनेको राजनैतिक दल र नेता कार्यकताले गर्दा नै राजनीतिप्रति वितृष्णा फैलिएको हो ।
    नेकाले गर्न मिल्छ भने, एमालेमात्र के कम, एमालेले गर्न मिल्छ भने माओवादीले विर्गान नहुने भन्ने त छैन भन्दै देशको हालत यस्तो अवस्थामा पुर्याएको हो । राजनैतिक भ्रष्टाचार, राजनैतिक वेइमान र राजनैतिक डकैटी अहिले सत्तासिन राजनैतिक दलहरुले नै गरेका हुन् ।
    राजनीतिमामात्र होइन हरेक क्षेत्रमा भागवण्डाको कारण, आउरे बाउरेलाई भर्तिको कारण, वितृष्ण फैलिएका हो । त्यस्ता राजनैतिक दलहरुनै अहिले चुनावमा दुई तिहाई भन्दै चुनावी मैदानमा देखा पर्दैछन् । के अब हामी फेरि त्यस्ता पार्टी र व्यक्ति नेता कार्यकर्ताहरुलाई भोट हाल्न चाहन्छौं ।
    एक पटक सोचौं यो देशको हालत देशको अन्यौल कसले गर्दा भयो ?
– नारायण महर्जन

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete