Wednesday, October 16, 2013

पिठ(पिग) घुम्ने परम्परा

वर्ष १०, अंक २४ (२०७० भाद्र २८ गते शुक्रबार प्रकाशित)

पिठ(पिगँ) घुम्ने परम्परा

    सांस्कृतिकले धनि नेपालमा बार्षिक रुपले विभिन्न साँस्कृतिक कार्य गरिन्छ । गुला एकमहिनासम्म सकिएलगत्तै पिठ घुम्ने परम्परा चल्दै आइरहेको छ ।  विशेषगरी नेवारीहरुले नेपालको संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्दै आइरहेको छ ।
    ञलाथ्व पारु देखि कीर्तिपुर पाँगामा आफ्नो मूख्य पिठ घुम्ने गरेको छ । कीर्तिपुरमा इन्द्रायणी पिठसम्म स्थानीय महिलाहरुले सुकुन्दा दीप लिएर बत्ती दिने गरिन्थे भने पाँगामा पनि दथलटोलबाट पिठ घुम्ने कार्य गरेको छ ।
    पाँगामा विष्णुदेवी पिठसम्म स्थानीय महिला, स–साना नानीहरु नेवारी भेषभुषामा पिठ घुम्ने गरेका छन । एक महिनासम्म चल्ने यो पिठघुम्ने कार्य अहिले आएर दैनिक नगइकन विशेष गरी मंगलगवार र शनिवार अनि त्यो महिनामा मूख्य चाड पर्यो भने जाने गरेको छ ।
    पाँगाको पिठ घुम्ने कार्यमा पाँगाका संस्कृतिक धिमे, धा, नायखी बाजा, नियमित सहभागी भई आफ्नो संस्कृति पक्षलाई सम्बद्र्धन गरिरहेको छ । पिठ घुम्ने शुभारम्भमा बुङ्गमति जानुपर्ने र अन्तिम दिनमा आ–आफ्नो पिठमा भोज समेत खाने चलन छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete