वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
गोलमेच सम्मेलन गोलमालपछि
३३ दलीय मोर्चाद्वारा आन्दोलनको घोषणा
काठमाडौं । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानसभा
निर्वाचनको उम्मेदवारी दर्तालाई लक्षित गरी बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । माओवादी पार्टी केन्द्रीय कार्यलयमा
बुद्धनगरमा बुधबार बसेको ३३ दलको संयुक्त बैठकले आन्दोलनका कार्यक्रम
घोषणा गरेको हो ।
घोषित कार्यक्रम अन्तरगत भदौ १३ गते
राष्ट्ररपतिलाई ज्ञापन पत्र बुझाइयो, भदौ दोस्रो साता नागरिक समाज,
बुद्धिजिवी लगायतसंग छलफल गर्ने, र सबै जिल्ला तथा निर्वाचन क्षेत्रमा ३३
दलीय मोर्चा विस्तार गर्ने रहेका छन् । ३३ दलले भदौ २७ गतेबाट असोज १
गतेसम्म क्षेत्रस्तरमा बन्द गर्ने घोषणा गरेको बैठकले २७ गते पूर्व, २८ गते
सुदूरपश्चिम, ३० गते पूर्वी तराई, ३१ गते मध्यपश्चिम र १ गते मध्य पहाड
बन्दको आह्वान गरेको छ ।
२ गतेदेखि ७ गतेसम्म मुख्य शहरहरुमा
बहिस्कार सभा गर्ने मोर्चाले निर्णय गरेको छ । यस अन्तरग २ गते जनकपुर र
बुटबल, ३ गते चितवन र इटहरी, ४ गते विराटनगर र धनगढी र ७ गते काठमाडौं र
पोखरामा बहिस्कार सभा गरिने छ । ३३ दलले उम्मेदवारी दर्तालाई लक्षित गरी
असोज ९ र १० गते नेपाल बन्द घोषणा गरेका छन् ।
निर्वाचन आयोगले
सार्वजनिक गरेको तालिका अनुसार असोज १० गते प्रत्यक्ष तर्फको उम्मेदवारी
दर्ताको कार्यक्रम छ । सरकार र उच्चस्तरीय राजनीतिक समितिसंग वार्तामा बसे
पनि निवाचनको मिति र गोलमेच सम्मेलनमा सहमती जनाउन नसकिने सरकार र सरकार
पक्षधर दलहरुले बताएपछि आक्रोशित बनेको मोर्चाले निर्वाचन बहिष्कार गर्ने
चेतावनी दिँदै आएको छ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete