Wednesday, October 16, 2013

कस्तो पार्टी चुनाव उठ्दैछ ? – १

वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)

कस्तो पार्टी चुनाव उठ्दैछ ? – १

राजनीति फोहोरी खेल हो ? राजनीतिले देश विकास गर्दैन ? किन राजनीति गर्ने ? राजनीति प्रति वितृष्णा कसले फैलायो ?
हिजो संविधानसभाबाट संविधान कसरी बनेन ? संविधानसभाको हत्या कसरी भयो ? अहिले बन्छ भन्ने के ग्यारेन्टी ?
    राजनीति फोहोरी खेल हो ? राजनीतिले देश विकास गर्दैन ? किन राजनीति गर्ने ? राजनीति प्रति वितृष्णा कसले फैलायो ? हिजो संविधानसभाबाट संविधान कसरी बनेन ? संविधानसभाको हत्या कसरी भयो ?, आदि इत्यादि प्रश्न नेपालको आकासमा घुमिरहेका छन् । जनता प्रश्न तेस्र्याइरहेका छन् । मंसीर ४ गते दोस्रो संविधान सभाको निर्वाचन हुँदैछ । समयसीमा अनुसार अब निर्वाचन आउन मात्र ७४ दिन बाँकी छ । निर्वाचनमा सत्तासिन दलहरु जसरी पनि चुनावी माहोल बनाउन न्वारानदेखिको बल निकाल्दै छन् । विशेष गरी एमाओवादी, एमाले, नेपाली काँग्रेस तीनै दल कोही दुई तिहाई बहुमत, कोही सामान्य बहुमत भए हामी संविधान बनाएर देखाइदिन्छौं भनिरहेका छन् ।
    यस्तो अवस्थामा यहाँ राजनीति देखि दलको राजनीतिसम्म बहस गर्ने कोसिस गर्नेछु ।
राजनीति के हो ?
    सबै नीतिहरुको राजा राजनीति हो । राजनीतिबाट घर परिवार, व्यक्ति, समाज र देश अछुटो रहन सक्दैन ।
    परिवारको व्यवस्थित गर्न, समाजमा सुसजित समाज निर्माण गर्न र राष्ट्रको भविष्य सुन्दर बनाउन हामीले नीति निर्माण गर्ने गर्दछ । जे जस्तो नीति निर्माण गरेपनि त्यो राजनीति नै हो । राजनीति दलीय नीति मात्र हुन्छ भन्ने होइन सबै क्षेत्रमा राजनीति चल्छ । राजनीतिले बहुसंख्यक जनताको हितमा नीति बनाउन सक्यो भने त्यो राष्ट्रको लागि हितकारी हुन्छ होइन राजनीति गलत नीतिमा परिणत भयो भने समाज, देश र जनताको लागि घाटक हुन सक्दछ ।
    जनविरोधी र घाटक नीति लिएपछि राजनीति फोहोरीको संज्ञा दिन थालेको हो ।
    तपाईं हामीले बुझ्नु पर्ने कुरा राजनीति फोहोरी खेल होइन राजनीतिलाई प्रयोग गर्ने राजनीतिज्ञको मति बिग्रिएको भन्नु पर्दछ । अझ स्पष्ट रुपमा भन्ने हो भने राजनीतिज्ञ जुन दलले देशको शासन सत्ता हातमा लिएकाहरुबाट जनताको स्वार्थलाई तिलाञ्जली दिएर आफ्नो दलको, कार्यकर्ताको स्वार्थवस काम गरिएपछि फोहोरी हुने हो । त्यसकारण राजनीतिलाई फोहोर न कि राजनीतिज्ञ फोहोरी भन्ने हामीले बुझ्नुपर्दछ ।
    नेपालको राजनीतिक परिवर्तन उतार चढाव छिटो छिटो भैरहेको छ ।
    संसदीय प्रजातन्त्रको जननी बेलायतमा २०० वर्ष लागेको परिवर्तन नेपालको सन्दर्भमा १०÷१५ वर्ष नै नलागेको हामी आफैले भोगिरहेका छौं देखिरहेका छौं ।
    विशेषत राणा शाही जहानिया शासन उल्टाउन १०४ वर्ष लाग्यो भने त्यसपछि ७ साल १७ साल, ३७, ४६, ५६, ६२ साल हेर्दा १० वर्षको अन्तरालमा राजनैतिक परिवर्तन भैरहेको छ ।
किन राजनीति ?
    छोटो समयमा परिवर्तन भएको राजनीति बाँदरको हातमा नरिवल झैं भैरहेको छ । राजनीति किन र कसका लागि भनेर नै यकिन सत्तासिन राजनीतिक दलहरुले गर्न सकेन । माथि उल्लेख गरेझैं राजनीतिक परिवर्तन दलहरुको लागि सत्तारोहणको भ¥याङ्ग मात्र सिद्ध भैरहेको छ । दलीय स्वार्थी, भागवण्डामा पूर्ण रुपले डुबेका छन् सत्तासिन दलहरु । मौका आउँछ पर्खदैन भनेझैं यही मौकामा स्वार्थीको चौका हानी हाल्नुपर्ने मानसिकताले देशलाई यो अन्यौलतामा पुर्यायो ।
    ४६ सालपछिको परिवर्तनमा देश र जनताको हितमा काम गर्ने कशम खाएका पार्टी नेका, एमाले र अन्य पार्टीले पालैपालो शासन गरेको हाम्रो दिमागमा अहिले पनि ताजै छ ।
    ६२ सालपछि पनि नेका, एमाले, मधेसी पार्टीहरु र १० वर्ष जनयुद्धकारी एमाओवादी समेतले सत्तारोहण गर्न पायो । तर सबै सत्तारोहीहरु गाँसेगुँसेहरु एकै नासे । मौका नपाएसम्म मात्र इमानदार बनेका पाइयो ।
    अहिलेको राजनीतिक क्षेत्रमा संविधानसभाको दोस्रो निर्वाचनमा तीनै पार्टी जसले हिजो राष्ट्र ब्रम्हलुट गरेका नै चुनावमा सामान्यदेखि दुईतिहाई बहुमत ल्याउने चुरिफुरिमा जनतालाई फेरि खाडलमा पुर्याउन, भ्रम सृजना गर्न तल्लीन भएका छन् । अहिलेको जनता १७ औं शताब्दीका होइनन् । विवेकशील र सही र गलत छुट्याउन सक्ने जनता भएका छन् । अब जनताले सही कुराको सही राजनीति सही ठाउँमा प्रयोग गर्ने बेला आएको छ ।
– नारायण मजर्हन

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete