वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
नक्कली कम्युनिष्ट चिन्न जरुरी
नेपालका धेरै विश्लेषकहरूले एमाओवादी साँचो कम्युनिष्ट पार्टी नभएको विश्लेषण गरिसकेका छन् । तर एमाओवादी नेता कार्यकर्ताहरूले त्यस्ता विश्लेषणको खण्डन गर्ने र आफूलाई एकमात्र सच्चा कम्युनिष्ट पार्टी दाबी गर्न चुकेका छैनन् । ती विश्लेषकहरू एमाओवादीका विरोधी भएर होइन बरु एमाओवादी पार्टीले अवलम्बन गरेको सिद्धान्त र नीतिलाई पर्खेर – जाँचेर नै उक्त निष्कर्ष निकालेका हुन् ।
विगतमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनका आर्थिक सल्लाहकार राखिएका पूर्व अर्थ सचिव रामेश्वर खनालले पनि एक अन्तर्वार्तामार्फत् एमाओवादी नेता बाबुराम भट्टराईलाई उचालेर पछारेका छन् । सोमबार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाबाट फूलमाला लगाएर काँग्रेस प्रवेश गरेका खनालले भने –डा. भट्टराईसँग मैले लामो सङ्गत गर्ने मौका पाएँ । उहाँ आर्थिक विषयमा बढी कुरा गर्ने, राजनीतिक कम कुरा गर्ने, आर्थिक विकासका लागि साम्यवादी विचार त्याग गरेको व्यक्तिगत रुपमा ठीक व्यक्ति हो ।’ डा. भट्टराईसँग लामो समय संगत गरेको अर्थविद्ले निकालेको निष्कर्ष सार्है नमिल्ने नहोला । भट्टराईमात्र होइन सिङ्गो एमाओवादी–माओवादी पार्टीले नै ‘कम्युनिष्ट’ माकर्सवाद, लेनिनवाद, माओवादलाई आफ्नो शक्ति सञ्चयका निम्ति दुरुपयोग गरेको छ । सत्तामा पुगेर धनी पूँजीपति वर्गको हितमा पूँजीवादी नीति लागू गरेर आफ्नो वास्तविक अनुहार देखाइसकेकै छ । एमाओवादीमात्र होइन, पहिल्यै भाइ काँग्रेसको उपमा पाएको नेकपा एमाले पनि पूँजीवादी नै भएकोमा कुनै संशय बाँकी छैन । तर विडम्बनाको कुरा चुनाव प्रचारको क्रममा गरिब नेपाली जनताको घरदैलोमा ती दुवै पार्टीले आफूलाई ‘सच्चा कम्युनिष्ट’, ‘मूलधारको कम्युनिष्ट’ दाबी गर्दै हँसिया–हथौडाको झण्डा बोकी मत माग्न छोड्ने छैनन् । नेपाली जनता फेरि पनि नाम, झण्डा र चुनाव चिन्हले ठगिनेछन् । कम्युनिष्ट सम्झेर तिनलाई नै मत दिनेछन् । जनताको मतले जितेर गएर तिनीहरूले मुठ्ठीभरका दलाल पूँजीपति वर्गको हितका निम्ति बहुमत जनताको हितलाई लात मार्नेछन् । त्यसैले नेपाली जनता सचेत र होसियार हुनुपरेको छ । कुनै पार्टीको नामले नभई त्यसको नीति र व्यवहारले त्यसलाई चिन्नुपर्छ । कम्युनिष्ट नाम बोकेका नक्कली कम्युनिष्ट पार्टीहरूलाई चिनेर तिनीहरूलाई छोड्नुपर्छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete