वर्ष १०, अंक २४ (२०७० भाद्र २८ गते शुक्रबार प्रकाशित)
नेपालको गरिबी २४ प्रतिशत
      काठमाडौं। नेपालले सहस्राब्दी विकास लक्ष्यमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.रवीन्द्रकुमार शाक्यले मंगलबार सार्वजनिक गर्नुभएको सहस्राब्दी विकास लक्ष्य प्रतिवेदनमा नेपालको गरिबी २३.८२ प्रतिशतमा झरेको उल्लेख गरिएको छ । सन् २०१५ सम्ममा नेपालको गरिबी २१ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । यसअघि सन् २०११ मा सार्वजनिक गरिएको प्रतिवेदनमा गरिबी २५.४ प्रतिशत थियो । प्रतिदिन एक्काइस सय क्यालोरी खाद्य उपयोग गर्न सक्ने आय भएका व्यक्तिलाई आधार मानी गरिबीको मापदण्ड तोकिएको छ ।
नेपालमा गरिबी घट्नाका प्रमुख कारणमा विप्रेषणलाई आधार मानिएको बताइएको छ । त्यसैगरी प्राथमिक शिक्षा भर्ना, लैङ्गिक समानता र महिला सशक्तीकरण, शिशु मृत्युदर, सामाजिक सेवा, मातृस्वाथ्य, एचआइभी एड्स, औलो तथा अन्य रोग नियन्त्रणमा लक्ष्यअनुसार उल्लेखनीय प्रगति भएको सो प्रतिवेदनमा उल्लेख छ ।
सो अवसरमा उपाध्यक्ष डा.शाक्यले १३ औं योजनाको आधारपत्र आयोगले तयार गरी उपलब्धी हासिल नभएका क्षेत्रलाई योजनामा प्राथमिकता दिइने बताउँदै आर्थिक वृद्धिदर बढाउन नसक्नु र नेपालको शैक्षिक बेरोजगार मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि जेमी मेक्गोडिकले सहस्राब्दी विकास लक्ष्यको उपलब्धी प्राप्त हुनु सराहनीय हो भन्दै जलवायु परिर्वतनलगायत अन्य लक्ष्य प्राप्त गर्न सरकार र विकासका साझेदारबीच समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete