वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)
नेमकिपालाई समूल नष्ट गर्नकै निम्ति पञ्चायती षड्यन्त्र
बुटवल । नेपाल मजदुर किसान पार्टीविरूद्ध तत्कालीन पञ्चायती राज्यस्तरबाट रचिएको २०४५ भाद्र ९ कालो दिवसको सम्झनामा आइतबार बुटवलमा नारायणमान बिजुक्छें (रोहित)द्वारा लिखित ‘जेलका चिठीहरू’ पुस्तकमाथि अन्तरक्रिया सम्पत्र भयो ।
नेमकिपा रूपन्देही जिल्ला समितिको आयोजनामा सम्पत्र उक्त कार्यव्रmममा प्रमुख अतिथि एवं पुस्तकका लेखक रोहितले निरङ्कुश पञ्चायतले नेमकिपालाई समूल नष्ट गर्न खोजेको स्पष्ट पार्नुभयो ।
उहाँले भत्रुभयो –‘नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार पञ्चायती चुनावलाई उपयोग गरी जनताको सेवा र निर्दलीय पञ्चायतको विरोध ग¥यो, जुन शासक वर्गलाई सह्य भएन ।’
चुनावमा कसैगरी पनि नेमकिपालाई हराउन नसक्ने भएपछि पञ्चायतले भक्तपुर काण्डको षड्यन्त्र बुनेको चर्चा गर्दै उहाँले ह्योजूलाई बलिको बोकामात्र बनाएकोे बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले आफू जेलमा रहँदा प्रहरीको कडा निगरानी भएको हुँदा आप्mनी जहानलाई लेखेका चिठीहरूमा सबै कुरा खुलाउन नसकेको जानकारी दिनुभयो। त्यतिबेलाका पत्रहरू जस्ताको तस्तै साहित्यमार्फत् प्रकाशमा ल्याएको चर्चा गर्दै उहाँले बुटवलका बुद्धिजीवीहरूबाट प्राप्त सुझावप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानले भक्तपुर काण्डका संस्मरणहरू उल्लेख गर्दै साथीहरूको साथ र सहयोगले सङ्घर्ष गर्न सजिलो हुँदै गएको अनुभव सुनाउनुभयोे । उहाँले भक्तपुर काण्डमा पार्टीका अधिकांश कार्यकर्ताहरूले दुःख पाएको चर्चा गर्दै घटना एउटै भएर पनि सबैका फरक–फरक अनुभूति भएको बताउनुभयो । आफूलाई व्यक्तिगत जस्तो लागेका पत्रहरू नेपाली साहित्यको एउटा महत्वपूर्ण सम्पतिको रूपमा लिनुभएकोमा विज्ञ स्रष्टाहरूमा श्रीमती प्रधानले धन्यवाद व्यक्त
गर्नुभयो ।
नेपाल क्रान्तिकारी सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईंले २४ वर्षसम्म कसैले देख्न, पढ्न नपाएको अमूल्य सम्पत्ति प्रकाशन गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो। वरिष्ठ पत्रकार मदनलाल पौडेलले पुस्तकमा कसैप्रति वैरभाव प्रकट नगरी सकारात्मक भावना सम्प्रेषण गरिएको बताउनुभयो ।
पूर्वसभासद् विनोद पहाडीले संविधानसभामा चार वर्ष रहँदा रोहितलाई नजिकबाट चित्रे अवसर पाएको बताउँदै कार्यकर्तालाई प्रशिक्षित पार्ने शैलीबाट आफू प्रभावित भएको बताउनुभयो ।
कथाकार विजय सागरले पुस्तकमा तीजको भौतिकवादी व्याख्या गरिएको चर्चा गर्दै नारीहरूको पहिलो विद्रोह भएकोले यसलाई नेपाली नारीहरूको दिवस मनाउनुपर्नेमा जोड दिनुभयो।
समीक्षक तथा उपप्राध्यापक अजित खनालले पुस्तक पत्र साहित्यको उत्कृष्ट नमूना भएको उल्लेख गर्दै पुस्तकमा लेखकीय इमानदारिता प्रस्ट रहेको टिप्पणी गर्नुभयो ।
साहित्यकार राजेन्द्रकुमार आचार्यले नेपाली भाषाको मौलिकता जोगाउनुपर्ने उल्लेख गर्दै नेपाली भाषा समृद्ध बनाउन नेपालमै बोलिने अन्य भाषाका शब्दहरूको आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
युवा साहित्यकार खोमा तरामुले इमानदार कम्युनिष्टले जेलभित्र वा खुला अवस्थामा रहँदा देश र जनताप्रतिको आफ्नो दायित्व निर्वाह गर्न चुक्दैन भत्रे परिचय उक्त पुस्तक भएको उल्लेख गर्नुभयो ।
शिक्षिका मिनाक्षी न्यौपानेले पुस्तकमा उल्लेख भएका तत्कालीन भारतीय धार्मिक र जातीय द्वन्द्व आज नेपालमा दोहोरिरहेको विचार राख्नुभयो । इतिहासका सहप्राध्यापक सूर्यबहादुर जिसीले उक्त पुस्तक महत्वपूर्ण ऐतिहासिक दस्ताबेज बनेको धारणा राख्दै नख्खु जेलबाहेक अन्य जेलमा बस्दा लेखिएका चिठीहरू पनि प्रकाशित गर्न आग्रह गर्नुभयो ।
पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दीपक ज्ञवालीले पुस्तकले राजनैतिक दिशाबोध गरेको, समाजलाई प्रगतिउन्मुख बनाउन र परिवारलाई विचलित नहुन आग्रह गरिएको बताउनुभयो ।
साहित्यकार बालकृष्ण भट्टराईले पुस्तकबाट बिजुक्छें नेता र साहित्यकारमात्र नभई अन्वेषक, विश्लेषक, इतिहासकार र समालोचक पनि भएको प्रस्ट हुने विचार राख्नुभयो । नेपाल बार एसोसिएसन पुनरावेदन एकाई अध्यक्ष डा. बुद्धबहादुर थापाले नेपालमा विद्यमान द्वन्द्व न्यूनीकरणका लागि पुस्तक सान्दर्भिक भएको बताउनुभयो । साहित्यकार अजम्बरध्वज खातीले पुस्तकले साँचो कम्युनिष्टको परिचय दिएको उल्लेख गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष हरिसुन्दर बासीको सभापतित्वमा सम्पत्र उक्त कार्यक्रममा रामचन्द्र श्रेष्ठ, श्रीषादेवी शाही, कृष्ण गैरेले पनि बोल्नुभएको थियो ।

No comments:
Post a Comment