Wednesday, October 16, 2013

काठमाडौ जिल्लाको समिक्षा

वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)

काठमाडौ जिल्लाको समिक्षा

     काठमाडौं, । जिल्ला विकास समिति काठमाडौंको आ.व. २०६९ र ७० को वार्षिक प्रगति तथा समीक्षा कार्यक्रम जिविस हल काठमाडौंमा मङ्गलबार सम्पत्र भयो ।
    कार्यक्रममा अतिथि एवं सङ्घीय मामिला स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले स्थानीय निकायमा जनप्रतिनिधि नहुनु भनेको स्थानीय निकायका कर्मचारीलाई स्वच्छन्दता हुनु होइन भन्दै कर्मचारीले ऐन कानुनलाई आधार बनाएर आर्थिक पारदर्शी गरी जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो ।
    कार्यक्रममा दलहरूका तर्फबाट नेमकिपाका सनकमान महर्जनले स्थानीय निकायमा हुने भ्रष्टाचारको विरोध गर्दै स्थानीय निकायका कर्मचारीहरूले जवाफदेहिता लिनुपर्ने बताउनुभयो ।
    उहाँले भारतीय राजदूतावासमार्फत सोझै जिल्लामा भएका विकास निर्माण कार्यमा आपत्ति जनाउँदै उक्त अवैधानिक कार्य तत्काल रोक्न माग गर्नुभयो ।
    जिल्ला विकास समितिअन्तर्गतका विषयगत कायास्लयहरू जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, महिला तथा बालबालिका कार्यालयलगायतका प्रतिनिधिहरूले आ–आफ्नो कार्यालयको प्रगति विवरण, चुनौती र समस्या प्रस्तुत गरे ।     
    कार्यक्रम जिविस काठमाडौंका स्थानीय विकास अधिकारी प्रेमराज जोशीको सभापतित्वमा भएको थियो।

No comments:

Post a Comment