Wednesday, October 16, 2013

एम्बुलेन्सले ज्यान लियो

वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)

एम्बुलेन्सले ज्यान लियो

    काठमाडौं । एम्बुलेन्सले मानिसको ज्यान लियो भन्दा तपाईंहरु पत्याउनु हुन्न होला । तर लियो ज्यान एम्बुलेन्सले कीर्तिपुर नपा वडा नं. ११ पाँगा निवासी राजकुमार महर्जनको । घटना भाद्र २ गते आइतबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८ वर्षदेखि कार्यरत महर्जनको ३४ वर्षको अल्पायुमै एम्बुलेन्सको गाडिले किचेर मारिदिएका छन् ।
    २ गते दिउँसो कीर्तिपुरबाट झुम्कामा गई धेमिय बाजा सिकाउने महर्जनको मामाको छोरालाई विराटनगरबाट काठमाडौं पठाउन नाइट बसपार्क पुर्याएर पकलीबाट विराटनगर फर्कंदै गरेको मोटरसाइकल बा.५२ प १५९२ पल्सरमा सवार महर्जनलाई स १ च ४६९ नं को एम्बुलेन्सले ठक्कर दिएर  ेटाउकोमा गम्भिर चोट लागेपछि घटनास्थलमा मृत्यु भएकोे थियो । घटना लगतै न्यूरो अस्पताल विराटनगर प्रहरीले पु¥याएको थियो । मोटरसाइकल कतै नकुचिएकोले डिस्क बे्रक समात्दा पल्टेको हुन सक्ने या सँगै गुडिरहेको अर्को एम्बुलेन्समा ठोकेर लडेको अवस्थामा विपरीत दिसाबाट आइरहेको एम्बुलेन्सले किचेको हुन सक्ने विराटनगर महानगरीय प्रहरी प्रभागको प्रारम्भिक रिपोर्ट भन्दै उनकी धर्मपत्नी इन्दिरा महर्जनले बताइन् । घटना हुँदा घटनास्थलमा रहेको २ वटा एम्बुलेन्स र २ जनै चालकलाई अहिले प्रहरी नियन्त्रणमा लिएको छ ।
    बिरामी ओसार पसार गरी मानवीय सेवा दिने एम्बुलेन्स दु्रत गतिमा हाँकेपनि मानव दुर्घटना परेकालाई बचाउनु त पर्दथ्यो नै । तरपनि कसरी हेल्मेटनै २ टुक्रा हुने गरी किचेर मारियो सम्बन्धित प्रहरीले छानविनको तडारुकता देखाउनु जरुरी छ ।
    मृतकका श्रीमती र ५ वर्षे नाबालक छोरा छन् ।

No comments:

Post a Comment