Wednesday, October 16, 2013

बेरोजगारको भयावह

वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)

बेरोजगारको भयावह

    कोरियन भाषा कक्षा भ्एक् को परीक्षाको लागि फर्म भर्नेहरुको ताँतीले नेपाली युवाहरुको बेरोजगार भयावह स्थिति देखाएको छ ।
    दक्षिण कोरियाले यो वर्ष तेस्रो पटक कृषि उत्पादन र विकासमा ८२०० जना नेपालीहरुलाई रोजगारको लागि कोटा छुट्याएका छन् ।
    तर नेपालीहरुले भाषा परीक्षा बुधबार फारम भर्न मंगलबार खुला आकासमा रात बिताए ।
    कोरियन भाषा परीक्षा पास गरेका ३ वर्ष अधिका नेपालीले युवाहरु रोजगारमा जान नपाएपछि अनशन समेत बसेर दवाव दिइसकेका छन् ।
    ८२०० जनाको छनौटमा लाखौं जनाले रात–दिन नभनी फर्म बुझाएका छन् ।
    किन स्वदेशमै रोजगारको वातावरण बन्न सकेन ? किन रोजगारिुको लागि खोलेका कारखानाहरु बन्द भएछन् ?
    बेरोजगारको भयावह समाधान गर्न राज्य किन चाहँदैन । पूँजीवाद र पूँजिपतिहरुको स्वार्थमा देश चलाएपछि हरेक विकासोन्मुख देशका युवाहरुले यस्तै समस्या झेलिरहेका छन् ।
    पूँजीवादको सबभन्दा नराम्रो दुर्गुण भनेकै योग्यता अनुसार रोजगार दिन राम्रो कारखान खोज्न नसक्ने र खोलेका पनि बन्द गर्न बाध्यता हुनुले हो । पूँजीवादी सरकार जनताप्रति जिम्मेबार हुँदैन भन्ने थप पुष्टि हो । योग्यता अनुसार काम र काम अनुसार माम समाजवादी व्यवस्था मात्र हुन सक्दछ ।

No comments:

Post a Comment