वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
विश्वकप फुटबलको ट्रफी पुष ६ गते नेपाल ल्याइने
काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताको असली ट्रफी यसपटक नेपाल पनि ल्याईने भएको छ । विश्व फुटबल महासंघ फिफाले आयोजना गर्ने विश्वकप फुटबलको हरेक संस्करण अघि ट्रफी टुर गर्ने गरिन्छ । यसपटक ट्रफीलाई नेपालसम्म ल्याईने ट्रफी टुरको आधिकारीक प्रायोजक कोकाकोला र अखिल नेपाल फुबल संघले जनाएका छन् ।
राजधानीमा पत्रकार सम्मेलन गरी दिईएको जानकारी अनुसार आगामि डिसेम्बर २१ तारीख (पुष ६)मा भुटानको थिम्पुबाट विश्वकप ट्रफीलाई काठमाडौं ल्याईनेछ । फिफाकै नीजि जहाजमा विश्वकप फुटबल विजेता पुर्व कप्तानहरु मध्येबाट एक जनाले ट्रफीलाई काठमाडौंसम्म ल्याउनेछन् ।
काठमाडौंमा ट्रफीलाई नगर परिक्रमा गराईने र विशिष्ट व्यक्तिमार्फत सर्वसाधारणलाई दर्शन गराईने बताईएको छ । ब्राजीलमा विश्वकप फुटबल सुरु हुनुपुर्व फिफा ट्रफीलाई संसारका विभित्र शहरहरुमा पुर्याईन्छ । विश्वकप फुटबलको असली ट्रफी टुरमा नेपाललाई पनि समावेश गराईएको यो पहिलो अवसर हो ।

No comments:
Post a Comment