वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
कीर्तिपुर ब्याडमिन्टन क्लव दर्ताको तयारीमा
कीर्तिपुर ब्याडमिन्टन क्लव विधिवत दर्ताको तयारीमा गरेको छ ।
भाद्र १२ गते कीर्तिपुर देवढोका स्थित ब्याडमिन्टन कोर्ट परिसरमा बसेको वैठकले सो निर्णय गरेको हो । अव क्लवले विद्यालयस्तरीय ब्याडमिन्टन ट्रेनिङ्ग संचालन गर्ने, दर्ता पछि उपत्यकस्तरीय खेल आयोजना गर्ने समेत निर्णय गरेको छ ।
दर्ता लगायतको कार्य र कोष नै स्थापना गर्ने उद्देश्यले प्रत्येक ब्याडमिन्टन खेलाडीहरुसंग हाललाई एक हजार नगद पनि संकलन गर्ने निर्णय गरेको छ । १२ गते वैठकमै १७ जना खेलाडी सदस्यले प्रति हजारको दरले १७ हजार संकलन गरेको क्लव सचिव ईश्वरमुनि बज्राचार्यले सहिदलाई बताउनुभयो ।
थप छलफलको लागि १५ गते शनिवार विहान ८ बजे कीर्तिपुर गार्डेन रेष्टुरेण्ट नयाँबजारमा बस्ने भएको छ ।

No comments:
Post a Comment