Wednesday, October 16, 2013

साहित्य र समाज

वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)

साहित्य र समाज

    जनताको हितमा लेख्न जन साहित्यको आवश्यक पर्छ र जन साहित्यले मात्र मान्छेको हित गर्छ । साहित्यले जहिले पनि मानिसको भलो र राम्रो हुने काम मात्र गर्छ । साहित्य भनेको मानिसलाई नभई नुहने वस्तु हो । साहित्यले नै हामीलाई अगाडी बढाइरहेको हुन्छ ।  समाजमा बस्ने हरेक मानिसलाई पनि साहित्य महत्वपूर्ण चिज हो ।
    मान्छेको बसोवास रहेको मानव सामुदाय नै समाज हो । समाजमा धेरै किसिमका मानिसहरु बसोवास गर्छन् । समाज जहिले पनि राम्रोस“ग अगाडि बढीरहेको हुन्छ । कहिले पनि पछि हट्दैन । साहित्कार पनि समाजकै सदस्य हो । उसले समाजमा बसेर नै साहित्य लेखि रहेको हुन्छ । त्यसैले उसको साहित्यमा समाजको छाप पाइन्छ । साहित्यले समाजलाई चेतना जगाई रहेको हुन्छ । अज्ञानीलाई ज्ञानको बाटो देखाएको छ । त्यसैले साहित्यको कारण समाज विकसित हुँदै आएको पाइन्छ । समाजकै कारण साहित्यकारलाई साहित्य लेख्नको लागि सहयोग पुग्छ । समाजबाट पनि साहित्यकारले राम्रो कुरा सिकिरहेको हुन्छ । समाजमा आइरहेका सामाजिक भेडभाव छुवाछुट दाइजोप्रथा, बालविवाह जस्ता रुढीवादीलाई साहित्यले पाखा लगाउँछ र समाजमा नयाँ नयाँ चिन्तनले साहित्यलार्ई विषय प्रदान गर्छ । त्यसैले साहित्य समाजको लागि नभई नहुने ज्ञानको स्रोत हो । यसमा समाजको छाप पाइन्छ । समाजको विकास गर्न पनि साहित्यको आवश्यक छ । समाजको विकासमा पनि साहित्यले भूमिका निर्वाह गर्छ । यसले गर्दा साहित्य र समाज परस्पर अन्तर सम्बन्धित छन् ।
— रचना गौतम
कक्षा ९ , जनसेवा उमावि

No comments:

Post a Comment