वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
इच्छाशक्ति भएमा कीनपामा केपीटीआई !
५८ वटा नगरपालिका रहेको नेपालको भौगोलिक विभाजनमा भक्तपुर नगरपालिकाकाले
स्थानीय निकायको रुपमा रहेको २०५६ साल देखि नेपालको लागि एउटा उदाहरणीय
अनुकरणीय शिक्षा दिएको छ ।
हाल भक्तपुर नपाले ख्वप कलेज, ख्वप
इन्जिनियरिङ कलेज, इन्जिनियरिङ कलेज अफ ख्वप र ख्वप पोलि टेक्निकल
इन्ष्टिच्यूट र ख्वप उच्च मावि गरी ५ वटा शैक्षिक संस्था संचालन गरेको छ ।
न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिन सफल भक्तपुर नपाको शैक्षिक गन्तब्य
भक्तपुर जिल्लामा एक घर एक स्नातकको २०१६ लक्ष्य सफलतातिर अघि बढिरहेको छ ।
६५ जिल्लाका ५ हजार विद्यार्थी अध्ययरनत शैक्षिक संस्था मध्ये
इन्जिनियरिङ कलेजको अवलोकन भ्रमण भाद्र ९ गते दोस्रो पटक मिल्यो ।
कीर्तिपुर नपाको चाहना अनुसार कीर्तिपुरमा पनि कीर्तिपुर पोलिटेक्निकल
इन्ष्टिच्यूट संचालन गर्न कीर्तिपुर नपाको आयोजनामा १ बजे ख्वप इन्जिनियरिङ
कलेज पुग्यौं ।
जन निर्वाचित भनपा प्रमुख एवं कलेज संचालक
समितिका अध्यक्ष प्रेम सुवालको कार्य ब्यस्तताले उहा“संग भेट नभएपनि
संचालनक समितिका सदस्य एवं वडा नं. १५ का जननिर्वाचित वडा अध्यक्ष रविन्द्र
खर्वुजा, प्रिन्सिपल राजभाई त्वातसंग विचार विमर्श भयो ।
परिचयात्मक कार्यक्रमबाटै शुरु भएको विचारविमर्शमा कीर्तिपुर नपाको
तर्पmबाट कार्यकारी अधिकृत रामलाल श्रेष्ठ कीर्तिपुर नपाको चाहनावारे
प्रष्ट पार्नुभयो भने प्रिन्सिपल त्यातले कलेज संचालनको इतिहास साथै
राज्यबाट ब्यहोरेको ब्यवधानको वारे जानकरी दिनुभयो । रविन्द्र खर्वुजाले
भौतिक निर्माण गर्न सक्षम, विश्वविद्यालय खोल्न आवश्यक पूर्वाधार तयार
रहेको अवस्थामा १२ बर्ष देखि माग गरेको ख्वप विश्वविद्यालय स्वीकृत नदिनु
अनुदान आयोगबाट स्वीकृतको लागि सिफारिस समेत दिइसकेको वारे जानकारी दिनुभयो
। वहा“ले भक्तपुर नपाले यस बर्ष मात्र १८ करोड पर्यटक शुल्क उठाएको र
त्यसको सम्पदा संरक्षण, फोहोर मैला ब्यवस्थापन र शैक्षिक विकासमा सदुपयोग
गरेको बताउनुभयो ।
छलफल कार्यक्रम कीर्तिपुर नपाका लेखा अधिकृत
सानवावु परियारले संचालनको तरिकावारे जानकारी लिनुभएको थियो । भक्तपुर
नपाले भक्तपुरमा जनताका लागि मात्र होइन देशभरकै जनतका छोराछोरीलाई सस्तो
मूल्यमा शिक्षा दिन सकिन्छ भने अरु ५७ वटा नपाले किन सक्दैन ? प्रश्न उठ्न
स्वभाविक छ ।
हो अन्य नपाले पनि गर्न सक्दछ त्यसको लागि इन्छा र शक्ति दुवै चहिन्छ । इच्छा र चाहना मात्र भएर गर्न सकिने भए ६४÷६५ सालमै
कीर्तिपुर नपाले संचालन गरिसक्दथ्यो । वर्तमान त्रिवि उपकुलपति हिराबहादुर
महर्जनको संयोजकत्वमा केपी टीआई संचालन गर्न एक शैक्षिक समिति गठन गरेको
थियो । त्यसवेला पनि कार्यकारी अधिकृतमा रामलला श्रेष्ठ नै हुनुहुन्थ्यो ।
सो टिमले पनि भक्तपुरको शैक्षिक संस्था भ्रमण गरी विचार विमर्श गर्नुभएको
थियो ।
सवै नपा र नेपाली जनताले भक्तपुर जस्तै गर्नपर्ने इच्छा
राखेको छ तर शक्ति छैन । कसैमा शक्ति रहेर पनि इच्छा छैन । त्यसैले इच्छा र
शक्तिको दुवैको मिलन इच्छा शक्ति भयो भने असम्भव छैन ।
भ्रमणमा
रामलाल श्रेष्ठ, सानुवावु परियार, शम्भुराम महर्जन, रमेश श्रेष्ठ, हरिशरण
महर्जन, नारायण महर्जन, विरेन्द्र शाक्य, ललित महर्जन(कीर्तिपर च्यानल)
संलग्न थिए ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete