वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)
फिल्मी समिक्षा
सेखि बन्जा हेरिसकेपछि
असल काम, असल बजार दामै दाम
अमृत चन्द श्रेष्ठको निर्देशनमा पास पुचःको निर्मातामा निर्माण भएको नेपालभाषाको चललित्र ‘सेखि बन्जा’ को प्रिमियर प्रदर्शन बालाजुस्थित अष्टनारायण चलचित्र हलमा शुक्रबार भयो । फिल्म वौद्ध जातक कथामा सामाजिक घटनामा आधारित छ । ‘बन्जा’ नेवारी भाषाबाट व्यापार र ‘सेखि’ भनेको लोभी, बेइमान भन्ने शब्दार्थमा तयार पारेको बेइमान व्यापारी (सेखि बन्जा) को हो ।
माटाको व्यापार गर्ने दुई व्यापारी अन्य गाउँमा आ–आफ्नो बाटो भएर व्यापार गर्न निस्किन्छ । एकजना इमानदार र अर्को बेइमान स्वभावका । इमानदार व्यापारीको सामान राम्रो र लागत अनुसारको मूल्य हुन्थ्यो भने अर्को बेइमानी व्यापारीको सामान कच्चा र मूल्य पनि मान्छे अनुसार फरक फरक राख्ने ।
व्यापार गर्ने क्रममा एउटा बच्चालाई माटाको भाँडो साह्रै मनपर्छ तर ऊसँग पैसा हुँदैन बच्चाको बुबा आँखा नदेख्ने । बच्चाले घरको सामानसँग माटोको भाँडो साट्ने इच्छा गरी त्यो बेइमान व्यापारीलाई थाल देखाउन ल्याउँछ । बेइमान व्यापारीले त्यो थाल सुनबाट बनेको तुरुन्तै थाहा पाउँछ अर्को पालि राम्रो सामान लिएर आउने बहानामा बेइमान गर्ने मन लिएर घर फर्कन्छ । तर अर्को इमानदार व्यापारी पनि व्यापारको क्रममा त्यही घरमा पुग्छ । बच्चाले सुनको थाल दिएर सामान साट्ने इच्छा राख्छ । सुनको थाल बराबर आफ्नो सामान दिएर मात्र पुग्दैन पैसा समेत तिरेर त्यो सुनको थाल त्यो व्यापारीले किनेर लग्छ ।
अर्को दिन बेइमान व्यापारीले बेइमान गरेर त्यो सुनको थाल लिने इच्छा गरी त्यो बच्चाको घरमा पुग्छ । बच्चाले अर्कैलाई बेचिसकेको हुन्छ । बेइमान व्यापारीले बेइमान गर्न नपाएको रिस लिएर मैले हिजै जमानत गरी सकेको त्यो सुनको थाल किन्ने व्यापारीसँग झगडा गर्न पुग्छ ।
रिस लोभ पापी, बेइमानी गर्ने मनसाय र बृद्धि नभएका व्यपारी आफै रिस, बेइमानको कारणले हर्ट अट्याक(उच्च रक्तचाप) भएर मर्छ । साढे २ घन्टाको चलचित्रको पनि समाप्त हुन्छ ।
चलचित्रले व्यापारी गरेर कमाउने हो भने उत्पादनमा गुणस्तरीय, बिक्रीमा सस्तो लागत, व्यवहारमा असल, राम्रो बोली हुनुपर्ने सिकाएको छ ।
मेहनतको फल ढिला भएपनि राम्रो प्राप्त गर्न सकिन्छ र सुखीमय हुन्छ भनेर सन्देश दिएको छ । यदी उपभोक्तालाई छकाउने, झुक्याउने, कमसल बस्तु बनाउने, त्यही राम्रो छ भनेर ढाँटने, लोभी पापी स्वभावको छ भने जतिसुकै कमाएपनि अन्तत अकालमै मृत्यु हुने सिकाएको छ ।
कलाकारहरुको प्रस्तुति, भेषभुषा, आलोचना गर्ने ठाउँ छैन । चलचित्र निर्माणमा देखाएको पौराणिक गाउँहरु हामी नेपालीहरुको विशेषत नेवारी शैली देख्न देखिन्छ ।

No comments:
Post a Comment