वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)
चीनमा बन्द भयो याहु मेल
इन्टरनेट जायन्ट याहुले चीनमा आफ्नो इमेल सेवा बन्द गरेको छ । विश्वको सबैभन्दा ठूलो इन्टरनेट बजारको रुपमा रहेको चीनमा आफ्नो इमेल सेवा बन्द गर्ने याहुको घोषणालाई धेरैले आश्चर्यजनक रुपमा लिएका छन् । तथापि याहुले भने आफ्नो चिनिया पार्टनर तथा अनलाइन सपिङ सेवा अलिबाबालाई सहयोग गर्नका लागि याहु मेल सेवा बन्द गरिएको स्पष्टीकरण दिएको छ । याहुले चीनका आफ्ना प्रयोगकर्तालाई याहु मेलमा भएको आफ्नो अकाउण्ट अलिबाबाको अलिमेलमा स्थानान्तरण गर्न समेत आग्रह गरेको छ । यसरी आप्mनो अकाउण्ट स्थानान्तरण गर्न चाहनेहरुले सन् २११४ को डिसेम्बर ३१ सम्म उनीहरुको याहुमेलमा पठाइएका इमेल प्राप्त गर्न सक्नेछन् ।
अलिबाबाले गएको सेप्टेम्बरमा ७ अर्ब ६१ करोडमा याहुसँग आफ्नो १६ प्रतिशत शेयर पुनअ खरीद गरेको थियो । अहिलेपनि अलिबाबामा याहुको झण्डै १४ अर्ब डलर बराबरको २४ प्रतिशत शेयर रहेको छ । सन् २११५ सम्म याहुले अलिबाबाको ४१ प्रतिशत शेयर लिएको थियो । अलिबाबा आउँदो दुइ वर्ष भित्रमा शेयर बजारमा जाने योजनामा छ ।
याहुले आफ्नो चिनिया बिजनेस पार्टनरलाई सहयोग गर्नका लागि चीनमा याहुमेल सेवा बन्द गर्ने निर्णय गरेको जिकिर गरेपछि विश्लेषकहरुले भने याहुमेल सेवा प्रयोगकर्ताहरुबीच अलोकप्रिय बन्दै जानु तथा कतिपय प्रयोगकर्ताको सूचना चुहाएको विषयमा विवाद भएका कारण यस्तो निर्णय गरेको हुनसक्ने बताएका छन् । याहुलाई यसअघि चिनिया सरकारलाई प्रयोगकर्ताका सूचना उपलब्ध गराएर राजनीतिज्ञहरुलाई थुनाउन सहयोग गरेको आरोप लागेको थियो ।

No comments:
Post a Comment