Wednesday, October 16, 2013

सुत्ने र जाग्ने उचित समय

वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)

सुत्ने र जाग्ने उचित समय

    राती छिटो सुत्ने र चाँडो उठ्ने गर्नाले मनमा स्फूर्ति प्राप्त हुन्छ । छिटो, सुत्ने उठ्ने गर्नाले कुनैपनि काम गर्न जाँगर चल्छ एवं कामपनि सफल हुन्छ । त्यसैले चाहे व्यक्तित्व विकासका लागि होस् वा चाहे आर्थिक विकास होस् यसमा निद्राको पनि ठूलो भूमिका हुन्छ । उचित निद्राबाट उचित स्वास्थ्य, स्फूर्ति प्राप्तिबाट कार्य क्षमता वृद्धि भै आर्थिक सम्पन्नता हुन्छ । विहान स्वच्छ अक्सिजनको उपयोगबाट स्नायु सवल भई स्मरणशक्ति बढ्ने र विहान छिटो उठ्ने व्यक्तिहरु अध्ययनशील तथा विचारशील हुने कुरा चिकित्सकहरु बताउँछन् । राती छिट्टै सुतेर विहान चाँडो उठी काम गर्नाले फाइदा भने पक्कै हुन्छ ।
    रातको खाना ७ बजे खाएको कमसेकम १ घण्टा पश्चात् मात्र सुत्नुपर्छ । अर्थात् खाना ९ बजे खाएको भए छिटोमा १० बजे मात्र सुत्नुपर्छ । सुतेर विहान ७/८ घण्टा पु¥याई उठ्ने बानी गर्र्नुपर्छ । यदि १० बजे सुतेको भए ५÷६ बजेको बीचमा उठिसक्नुपर्छ । विहान छिटो उठेर पानी पिउने र शौच गरिसकेपछि केहीबेर आफ्नो कामको बारेमा पुनःमूल्याङ्कन गर्नुपर्छ । सक्नुहुन्छ भने विहान कदापि मद्यपान र धुम्रपान नगर्नुहोला ।
    सुत्ने ठाउँ आफूलाई आराम हुने स्थानमा हुनुपर्छ तर सुत्ने ओछ्यानको आरामदायीले मात्र कहिल्यै राम्रो निद्रा पाउन सकिँदैन । राम्रो निद्रा पाउनको लागि मानसिक आनन्द र सन्तोष हुनुपर्दछ । यदि मनमा आनन्द छैन र चिन्ता बढी छ भने जतिसुकै आरामदायी र स्वच्छ ठाउँ भएपनि निदाउन सकिँदैन । तर पनि सुत्ने ठाउँ असजिलो भने हुनुहुँदैन ।
    ओछ्यान अत्यन्त नरम र धेरै बाक्लो स्वास्थ्यको लागि हानिकारक छ । आफूलाई गा¥हो नहुने गरी ठिक्कको कडा ओछ्यानमा सुत्ने अभ्यास गर्नुपर्छ । फोमको ओछ्यान बिल्कुलै प्रयोग नगरौं । धेरै बाक्लो तथा फोमको ओछ्यानमा सुत्दा ढाड दुख्ने, नशा र माँसपेशी दुख्ने–गल्ने जस्ता रोगहरु लाग्ने चिकित्सकहरु बताउँछन् ।
    मेरुदण्डको हड्डी खिइएको, नशा च्यापिएको र जीउ दुख्ने व्यक्तिहरुले भने आफूलाई रोग लागिसकेकोले ओछ्यान सच्याइहाल्नु पर्दछ । सिरानी पनि अग्लो राख्नु हुँदैन । यसबाट गर्धनको हड्डी खिइने वा नशामा बढी दवाब पर्ने भएकोले त्यहाँ हानी हुने पनि चिकित्सक बताउँछन् । त्यसैले सकेसम्म सानो तकिया राख्नुपर्छ । अझ उत्तानो सुत्ने व्यक्तिले तकिया प्रयोग गर्दै नगर्नुस्; कोल्टो सुतेमा मात्र प्रयोग गर्नुस् । सुत्दा उत्तानो, दायाँ कोल्टो र बायाँ कोल्टो मात्र सुत्ने गर्नुपर्दछ । घोप्टो सुत्ने बानीले स्वास्थ्यमा हानी हुन्छ । छाती दुख्ने व्यक्तिले कदापि घोप्टो सुत्नु हुँदैन । सुतेको बेलामा हातलाई कहिल्यै पनि मुटुमाथि राख्नु हुँदैन । राती समयमा राम्रोसँग निद्रा नलाग्ने व्यक्तिले विहान वा दिउँसो अजवाइनको तेलले शरीर भरी लगाई १० मिनेट मसाज गर्ने र एक्यूप्रेसर थेरापी गर्नाले निद्रा राम्रो लाग्छ । राती निद्रा राम्रो नलाग्ने, वाथरोग, यूरिक एसिड तथा सुगर भएका व्यक्तिलाई एक्यूप्रेसर थेरापी अमृत तुल्य छ । यस्तो व्यक्तिले तपाईंकै शहरमा स्थापित फिट्नेस प्वाइन्ट ट्रेडिङ्गमा सम्पर्क राख्न सकिन्छ ।
— राजेन्द्र अमात्य

No comments:

Post a Comment