वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)
व्याडमिन्टन प्रतियोगिताको फाईनल १२ गते
कीर्तिपुर । देवढोका व्याडमिन्टन समूहको आयोजनामा गाइजात्राको उपलक्ष्यमा उपत्यका व्यापी चौथो व्याडमिन्टन प्रतियोगिताकोे फाईनल १२ गते हुने भएको छ ।
आज शुक्रवार भएको एकल प्रि क्वाटर र जोडी क्वाटर फाइलन खेल विहान हुँदैछ भने आइतवारबाट सेमिफाइनल खेल सुरु हुनेछ ।
खेलको उद्घाटन कीर्तिपुर महानगरीय प्रहरी वृत्तका प्रमुख केदार खनाल र टोलका जेष्ठ नागरिक भक्तबहादुर महर्जनले संयुक्त रुपमा पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
समूहका अध्यक्ष लक्ष्मीकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रतियोगिता संयोजक मिमकुमार महर्जन लगायतले बोल्नु भएको थियो ।

No comments:
Post a Comment