वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)
३x३ बास्केटबल प्रतियोगिता
गल्र्समा ज्ञानोदय र ब्वाइजमा पुष्पसदन प्रथम
कीर्तिपुर । नयाँबजार क्लवको आयोजनामा प्रथम अन्तर स्कुल ३३ बास्केटबल प्रतियोगितामा गल्र्सतर्फबाट ज्ञानोदय मावि प्रथम भए भने ब्वाइजतर्फबाट पुष्पसदन प्रथम हुन सफल भएको छ ।
ज्ञानोदयले राराहिललाई १५–५ स्कोरले पराजित गरेको थियो । ज्ञानोदयका मेगा प्रधानले ७ स्कोर बटुलेका थिए । त्यसैगरी ब्वाइजमा पुष्पसदनले विलसन एकेडेमीलाई २०–७ ले पराजित गरी अन्तरविद्यालय च्याम्पियन भएका छन् । पुष्पसदनका निश्चल महर्जनले उच्च स्कोर १२ गरेका थिए ।
सेमिफाइनल खेलमा गल्र्समा ज्ञानोदयले रातो बंगलालाई ११–६ पराजित गरी फाइनल यात्रा तय गरेको थियो भने राराहिल ‘ए’ ले ‘बी’ लाई ६–५ ले पराजित गरी फाइनल यात्रा तय गरेको थियो ।
त्यसैगरी ब्वाइजमा पुष्पसदनले एलआरआईलाई २१–१३ ले र विल्सनले आइदल मोडेललाई २०–६ ले पराजित गरी फाइनलमा पुगेका थिए । विजयी खेलाडीहरुलाई नयाँबजार क्लवका पूर्व अध्यक्षहरु नारायण महर्जन, प्रकाश महर्जन, अशोकमुनि बज्राचार्य, दिलावत महर्जन, अन्तर्राष्ट्रिय बास्केटबल रेफ्री राजकुमार महर्जनलगायतले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो पुरस्कार वितरण कार्यक्रम पूर्व अध्यक्ष नारायण मजर्हनको सभापतित्वमा भएको थियो । ३ ३ बास्केटबलको हाफ कोर्टमा खेलिने यो खेल दर्शकको निम्ति धेरै आकर्षक रहेको थियो । अझ १० मिनेट समय दिएको हुन्छ जसले २० स्कोर चाँडै गर्न सक्छ समय अगावै जित घोषणा गरिन्छ ।
नयाँबजार क्लव खेलकुद विकासमा जिल्लाकै उत्कृष्ट क्लव हो । यो पहिलो प्रतियोगितामा ब्वाइज २४ र गल्र्स ९ टिम सहभागी थियो ।

No comments:
Post a Comment