Wednesday, October 16, 2013

कीर्तिपुर लोकतान्त्रिक चोकस्थित सटरमा ट्रक

वर्ष १०, अंक २१ (२०७० भाद्र ७ गते शुक्रबार प्रकाशित)

कीर्तिपुर लोकतान्त्रिक चोकस्थित सटरमा ट्रक

    कीर्तिपुर । कीर्तिपुर लोकतान्त्रिक चोक ओरालोमा सामान बोकेको ना. ३ ख ५७८० को ट्रकले स्थानीय पूर्ण बहादुर महर्जनको घरको सटरमा ठोकिएको छ ।
    प्रत्यक्षदर्शीका अनुसार कालिमाटीबाट नयाँबजारतिर सामान चामल बोकी आइरहेको गाडिलाई लोकतान्त्रिक चोकमा खटिएका ट्राफिकलाई ओरालोमा रोकी फेरी बायाँतिर जान खोज्दा गाडिको काउन स्पाट भाँचि बे्रक फेल भएपछि पडाडि गाडि मुडेर घरमा ठोकिएको थियो ।
    गाडि चालकले घरमा नठोकाएको भए पछाडिको मोटरसाइकलल यात्रु र अन्य गाडिलाई ठोक्ने र केही घटना हुने भएकोले दायाँ मोडेर अप्रिय घटनाबाट जोगिएको थियो ।
    अत्याधिक सामाज बोकी आएको ट्रकलाई ओरालोमा रोक्न लगाउनु ट्राफिकको गल्ती हो भन्दै स्थानीयले विरोध गर्न ठालेपछि उचित क्षतिपूर्ति दिने सहमतिमा टुङ्गिएको थियो ।

No comments:

Post a Comment