वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
गर्भावस्थामा मधुमेह
काठमाडौ । ‘ डायबेटिज (मधुमेह) एक किसिमको दीर्घरोग हो । रगतमा चिनीको मात्रा कम गर्ने हर्मोन इन्सुलिनको उत्पादनमा कमी आएर वा प्रभावकारिता कम भएर वा दुवैका कारण मधुमेह हुन सक्छ । सामान्यतः एकपटक मधुमेह देखिएपछि यसलाई नियन्त्रण गर्न सकिन्छ तर पूर्ण रूपले निको बनाउन सकिँदैन । गर्भावस्थामा देखिने मधुमेह (जेस्टेसनल डायबेटिज) भने शिशुको जन्मसँगै निको हुन्छ । त्यस्ता महिलामा पुनः मधुमेह हुने सम्भावना भने उच्च हुन्छ ।
गर्भावस्थामा मधुमेह कहिले पत्ता लाग्यो भत्रेबारे ठूलो मतान्तर छ । सन् १८२३ मा बेरलिन विश्वविद्यालयका एचजी बेनेविचले आफ्नो शोधपत्रमा २२ वर्षीया महिलाको गर्भावस्थामा देखिएको मधुमेहको लक्षणलाई पहिलो उल्लेख गरेका छन्। ती महिलामा धेरै तिर्खा लाग्ने, पिसाब लाग्ने तथा धेरै भोक लाग्ने लक्षण देखिएको थियो । परणिम, उनले १२ पाउन्डको मृत बच्चा जन्माइन्। त्यसबेला रगतमा ग्लुकोजको परीक्षण सम्भव नभए पनि पिसाबमा चिनी मापन गरेर मधुमेह ठहर गरिएको थियो ।
सन् १८२३ देखि १९७९ सम्म विभित्र अनुसन्धान तथा शोध–खोज भए तापनि सन् १९७९ अक्टोबरमा सिकागोको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा गर्भावस्थामा देखिने यो विशेष किसिमको मधुमेहलाई जेस्टेसनल डायबेटिजको नाम दिइएको हो । विश्व स्वास्थ्य संघ (डब्लूएचओ)को तथ्यांक अनुसार सन् २००० मा विश्वमा १७ करोड जनसंख्या मधुमेहपीडित थियो । सन् २०३० सम्म यो संख्या ३६ करोड पुग्ने अनुमान छ । सन् २०००मा नेपालमा मधुमेहका रोगीको संख्या ४ लाख ३६ हजार थियो भने २०३० सम्म यो संख्या १३ लाख २८ हजार पुग्ने अनुमान छ । मधुमेहीको संख्या बढेजस्तै जेस्टेसनल डायबेटिज हुनेको संख्या पनि बढ्दो छ । अमेरिकामा मात्र १ देखि १४ प्रतिशत गर्भवतीमा जेस्टेसनल डायबेटिज देखिने गरेको छ । भारतका विभित्र अस्पतालमा गरिएका अध्ययनहरूले २ देखि १२ दशमलव ७ प्रतिशत गर्भवतीमा जेस्टेसनल डायबेटिज भएको देखाएको छ । सन् २००५ जुलाईदेखि २००७ जुनसम्म पाटन अस्पतालमा डा पवनकुमार शर्मा र डा आशिष श्रेष्ठले गरेको अध्ययनले उक्त अस्पतालमा १३ हजार ३ सय ८२ गर्भवतीमध्ये ५३ जना (१.४ प्रतिशत) गर्भवतीमा मात्र जेस्टेसनल डायबेटिज देखायो । २६ देखि ३५ वर्षका गर्भवती, त्यसमा पनि ब्राह्मण जातका महिलामा सबैभन्दा बढी देखियो ।
गर्भवतीको उमेर ३० वर्षभन्दा बढी हुनु, शरीरको तौल बढी हुनु वा गर्भावस्थामा धेरै मोटाउनु, धेरै चिल्लो वा बोसो सेवन गर्नु, धेरै बच्चा पाउनु, पहिलेको बच्चाको तौल बढी हुनुजस्ता कारणले पनि जेस्टेसनल डायबेटिज हुन सक्छ । आमा–बुबामा मधुमेह हुनु तथा गर्भवतीमा ‘पोलिसिस्टिक ओभरयिन सिन्ड्रोम’ देखिनेहरूमा जेस्टेसनल डायबेटिजको सम्भावना बढी हुन्छ ।
धेरै तिर्खा लाग्ने तथा पानी पिउने, भोक लाग्ने, तौल घट्दै जाने, कमजोरी महसुस गर्ने, निद्रा नलाग्ने, हातखुट्टा झमझम गर्ने, घाउ निको नहुने, पिसाबको तथा अन्य संव्रmमण भइरहनेजस्ता मधुमेहका लक्षण जेस्टेसनल डायबेटिजमा नदेखिन पनि सक्छन् । यस्ता गर्भवतीहरूमा तौल आवश्यकभन्दा बढी बढ्ने, पेट ठूलो हुने, अल्ट्रासाउन्ड गर्दा पानीको मात्रा बढी देखिन सक्छ । तर, यसैका आधारमा जेस्टेसनल डायबेटिज भएको ठहर गर्न सकिँदैन । त्यसैले यसको सम्भावना रहेका गर्भवतीले रगतमा चिनीको मात्रा परीक्षण गर्नुपर्छ । यस्ता गर्भवतीलाई सामान्य ग्लुकोजको परीक्षण मात्र नगरेर ८–१४ घन्टासम्म केही नखाएर (खाली पेट भएको अवस्थामा) अनि एक सय ग्राम ग्लुकोज खाएर एक घन्टा, दुई घन्टा र तीन घन्टामा गरी चारपटक रगतमा चिनीको मात्राको परीक्षण गर्नुपर्ने हुन्छ । रगतको यस किसिमको परीक्षणलाई ओरल ग्लुकोज टोलरेन्स टेस्ट भनिन्छ र यसै परीक्षणका आधारमा जेस्टेसनल डायबेटिज भएको प्रमाणित गरिन्छ । जेस्टेसनल डायबेटिज भएका गर्भवतीमा गर्भको बच्चाको तौल चार किलोग्रामभन्दा बढी हुने र त्यसैले गर्दा जन्माउन समस्या हुने, जन्मिने बितिकै चिनी र महथ्वपूर्ण तत्वको कमी हुने जस्ता खतरा हुन्छन्। यस्ता बच्चा खेर जाने सम्भावना पनि हुन्छ । त्यस्तै गर्भवतीको पनि रक्तचाप बढ्ने, शल्यक्रिया गर्नुपर्ने तथा अन्य मधुमेहका असर हुने भएकाले जेस्टेसनल डायबेटिज भएको पत्ता लाग्ने बितिकै उपचार सुरु गर्नुपर्छ ।
जेस्टेसनल डायबेटिजको उपचारका लागि खानेकुरा तथा दैनिक गतिविधिमा धेरै नियन्त्रण गर्न मिल्दैन । चिनी हालेका परिकार, भात, रोटी, आलु, तरुलजस्ता धेरै ग्लुकोज भएका खानेकुरा कम सेवन गर्न सकिन्छ । यस्ता व्यक्तिले हरियो सागपात धेरै खानुपर्छ । यसले भिटामिन र मिनरलको कमी हुन नदिनुका साथै ग्लुकोजको शोषणमा सघाउँछ । त्यस्तै गर्भावस्थामा गर्न मिल्ने र गर्भलाई असर नगर्ने हल्का किसिमका शारीरिक व्यायाम नियमित गर्नुपर्छ । व्यायामले इन्सुलिनको प्रभावकारिता बढाउनुका साथै रगतमा ग्लुकोजको मात्रामा सन्तुलन ल्याउँछ । मधुमेहका रोगीका लागि विभित्र किसिमका खाने औषधी भए पनि जेस्टेसनल डायबेटिजका लागि खाने औषधी प्रयोग गर्न मिल्दैन। यस अवस्थामा रगतमा चिनीको मात्रा निकै चाँडो र प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्ने भएकाले इन्सुलिन नै लिन आवश्यक देखिन सक्छ । रगतमा चिनीको मात्राको मापन गरेर सोही अनुसार इन्सुलिनको इन्जेक्सन आफैँले लिन सिक्नुपर्छ । गर्भको बच्चा जन्मिनासाथ इन्सुलिन लिनुनपर्ने हुन सक्छ । तर, यस्ता महिलाले नियमित स्वास्थ्य परीक्षण, स्वस्थ खानपान र व्यायाममा ध्यान पुर्याउनुपर्छ ।

(नेपाल साप्ताहिक)
— डा. बालकृष्ण शाह
— डा. बालकृष्ण शाह
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete