Wednesday, October 16, 2013

नेमकिपाको २३ औं केन्द्रीय परिषद् सम्पन्न पार्टी महाधिवेशन र संविधानसभा निर्वाचन तयारी

वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)

नेमकिपाको २३ औं केन्द्रीय परिषद् सम्पन्न

पार्टी महाधिवेशन र संविधानसभा निर्वाचन तयारी

    भक्तपुर । नेपाल मजदुर किसान पार्टीको २३ औं केन्द्रीय परिषद् गत आइतबार सम्पन्न भयो । भदौ १४ देखि १६ गतेसम्म भक्तपुरमा सम्पन्न परिषद्ले पार्टीको छैटौं महाधिवेशन र संविधानसभा निर्वाचनबारे निर्णय गरेको थियो ।
    पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अध्यक्षतामा सम्पन्न परिषद्ले अध्यक्ष बिजुक्छेंको संयोजकत्वमा पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, पार्टी जिल्ला समितिका अध्यक्ष वा संयोजकहरू, जनवर्गीय सङ्गठनका अध्यक्षहरू र पेशागत सङ्गठनका अध्यक्षहरू रहेको पार्टीको छैटौं महाधिवेशन आयोजक समिति गठन गरेको थियो । परिषद्को निर्णयबारे जानकारी दिन सोमबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा अध्यक्ष रोहितको अध्यक्षतामा केन्द्रीय सचिवालयका सम्पूर्ण सदस्यहरू रहेको महाधिवेशन आयोजक समितिको सचिवालय रहने जनाएको हो ।
    विज्ञप्तिमा महाधिवेशन आयोजक समितिको बैठक नबसेको अवस्थामा उक्त समितिले गर्ने काम सचिवालयले गर्ने उल्लेख छ । ‘नेमकिपाको विधान २०४७ (संशोधनसहित) को दफा १३ को उपदफा ५ बमोजिम पार्टीको छैटौं महाधिवेशनको मिति र स्थान महाधिवेशन आयोजक समितिको सचिवालयले निर्णय गर्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।
    पार्टी अध्यक्ष रोहितको संयोजकत्वमा पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, पार्टी जिल्ला समितिका अध्यक्ष वा संयोजकहरू, जनवर्गीय सङ्गठनहरूका अध्यक्षहरू र पेशागत सङ्गठनका अध्यक्षहरू रहेको संविधानसभा निर्वाचन परिचालन मूल समिति गठन गरिएको छ ।
    नेमकिपाको २३ औं परिषद्ले माकर्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराबारे कक्षा सञ्चालन गरी कार्यकर्ताहरूलाई शिक्षित–दीक्षित गर्ने र पार्टी सदस्यता वितरण एवं सङ्गठन विस्तार गर्ने कार्यलाई तीव्र पार्ने निर्णय गरेको छ । अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र युरोपेली साम्राज्यवादलगायतले नेपालको सार्वभौमिकतामाथि गरेको हस्तक्षेपविरुद्ध पार्टीले सञ्चालन गर्दै आएको ‘वैदेशिक हस्तक्षेपविरुद्ध जनचेतना अभियान’लाई निरन्तरता दिँदै यस अभियानलाई पार्टी सङ्गठन, जनवर्गीय सङ्गठन र पेशागत सङ्गठनहरूले जुलुस, कोणसभा, गोष्ठी, अन्तरक्रिया, आदिमार्फत् देशव्यापी रुपमा अगााडि बढाउने निर्णय गरेको सचिव सुनिल प्रजापतिद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete