Friday, August 31, 2012

अगष्ट ३० वेपत्ता अन्तर्राष्ट्रिय दिवस अजय र अर्जुन कहाँ छन?

अगष्ट ३० वेपत्ता अन्तर्राष्ट्रिय दिवस

अजय र अर्जुन कहाँ छन?     

वर्ष ९, अंक २२ (२०६९ भाद्र १५ गते शुक्रबार)
    काठमाडौं । अगष्ट ३० अर्थात भाद्र १४ गते बेपत्ता अन्तर्राष्ट्रिय दिवस, हिजो बिहीबार विविधि कार्यक्रम गरी मनाइयो। नेपाल रेडक्रस, एमनेष्टि नेपाल र मानव अधिकार आयोगले छुट्टाछुट्टै कार्यक्रम गर्‍यो।
    मानव अधिकार आयोग हरिहरभवनमा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्उयक्ष केदारनाथ उपाध्यायले बेपत्ताहरु कहाँ छन् तुरुन्त सार्वजनिक गर्न पटक पटक माग गरेको स्मरण गराउनुभयो। बेपत्ताहरुको स्थिति सार्वजनिक नगर्नुमा सरकारकै दोष रहेको बताउनु भयो। बेपत्ता परिवार सञ्जाल, बेपत्ता परिवार समितिका वक्ताहरुले बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि अनुसारको सुविधा बेपत्ता नागरिक परिवारले पाउनुपर्ने आवाज उठाएको थियो भने बेपत्ता पार्नेहरुलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन्। नेपालमा राज्यद्वारा ८०९, बिद्रोहीबाट २२७ र अन्यबाट १२६ गरी ११६२ जना बेपत्ता पारेको तथ्याङ्क छ।
    बेपत्ता हुनेहरुमा कीर्तिपुर क्षेत्रबाट अजय शाही र अर्जुन महर्जन राज्यद्वारा बेपत्ता भएको १० औं बर्ष बितिसकेका छन्। माओवादीे बिद्रोहमा लागेको निहुमा राज्यद्वारा पक्राउ गरी बेपत्ता गरेका ती व्यक्तिहरुको खोजविन माओवादी सरकार प्रचण्ड र अहिले बाबुराम भट्टराईको सरकारले गर्न सकेको छैन।
    बेपत्ता परिवारलाई छोरा छोरी बेपत्ताको नाममा क्षतिपूर्ति दिएर मन शान्त पार्न सकिदैन। लास कि शास वास्तविकता छिनोफानो गरि वेपत्ता पार्नेमा संलग्नलाई कारवाही गरेमामात्र मन शान्त हुने कीर्तिपुरका पीडित परिवारको आवाज रहेको छ ।

No comments:

Post a Comment