तीनथानामा पहिरोले घर भाँसियो
वर्ष ९, अंक २५ (२०६९ असोज ५ गते शुक्रबार)

लगातार पानी परेपछि कीर्तिपुर नपा र तीनथान गाविसको सिमाना मुलखुसीको ठूलो भेलले पहिरो गएको कीर्तिपुर महानगरीय प्रहरी प्रभाग कीर्तिपुरले जनाएको छ । सो भासिएको घरमा दुई जनामात्र सुतिरहेको प्रहरी स्रोतेले बताए ।
तीनथान गाविसस्थित मकैवारीमा घर बनाएकोले जमिनको माटो फुस्रो भई बगाएको हुन सक्ने स्थानीय बासिन्दाहरु बताउँछन् । १०० मिटर परसम्म बगाएको सो घर अलि ढल्केको छ । जग कत्तान हुने गरी आएको पहिरोले मुलखोलाको पानीको धार बन्द भई खेतबाट बगेको छ ।
यहाँ अरु ५/६ वटा घर पनि पहिरोको जोखिममा रहेकोले महानगरीय प्रहरी प्रभाग, सशस्त्र प्रहरी र स्थानीय बासीहरु उद्धारमा लागेका छन् ।
No comments:
Post a Comment