काठमाडौं–हेटौँडा सुरुङ्ग माघदेखि खन्न सुरु हुने
वर्ष ९, अंक २५ (२०६९ असोज ५ गते शुक्रबार)
काठमाडौँ । राजधानीलाई तराईसँग जोड्ने सबैभन्दा छोटो काठमाडौं–हेटौँडा सुरुङ्गमार्गको निर्माण आगामी माघदेखि प्रारम्भ हुने भएको छ । सुरुङ्ग निर्माणको जिम्मेवारी पाएको नेपाल पूर्वाधार विकास कम्पनी प्राइभेट लिमिटेडले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं परियोजना समन्वय समितिका अध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा असोज ३ गते भएको बैठकमा सुरुङ्ग खन्ने काम माघदेखि थालिने प्रतिबद्धता जनाएको हो ।
उक्त मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आगामी कात्तिकसम्ममा पूरा गरिसक्ने उल्लेख गर्दै निर्माता कम्पनीले काम थालेको साढे तीन वर्षभित्रमा कार्य सम्पन्न गर्ने जानकारी दिएको बैठकमा सहभागी राष्ट्रिय योजना आयोगका सहसचिव गोपीनाथ मैनालीले बताए ।
‘सरकारले उच्च प्राथमिकतामा राखेको तथा एसियाली मार्गको रुपमा विकास गर्न चाहेको यो परियोजना निजी सार्वजनिक साझेदारीमा निर्माण गरिने छ ।’ सर्वसाधारणले समेत लगानी गर्नसक्ने उल्लेख गर्दै उनले भने ।
गत जेठ १ गते सरकार र उक्त कम्पनीबीच निर्माणको सम्झौता हुँदा ५१ किलोमिटर लामो सुरुङ्ग बनाउन रु.२१ अर्बको लागत प्रस्ताव प्रस्तुत भएकोमा आजको बैठकमा कम्पनीले प्राविधिकरुपमा थप तीन किलोमिटर जोडेर ५४ किलोमिटर निर्माण गर्नुपर्ने जनाउँदै रु.२३ देखि ३० अर्ब लाग्ने संशोधित लागत प्रस्तुत गरेको मैनालीले बताए ।
न्यून लागतमा अधिकतम काम सम्पन्न गर्ने गरी कम्पनीलाई काम अघि बढाउन निर्देशन दिइएको उनको कथन थियो ।
काठमाडौँबाट कुलेखानी हुँदै हेटौँडा जोड्ने सुरुङ्गमार्ग सञ्चालन भएपछि मोटरबाट एक घन्टामा हेटौँडा पुगिने छ । परियोजना मार्गमा पर्ने काठमाडौं, ललितपुर र मकवानपुरका जग्गा तथा घरधनीले क्षतिपूर्तिवापत सेयर प्राप्त गर्नेछन् । त्यसरी सेयर प्राप्त गर्नेमा झन्डै ५० हजार व्यक्ति पुग्ने बताइएको छ ।
परियोजनामा गैरआवासीय नेपाली, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाका साथै सर्वसाधारणले रु.एक लाखको एक कित्ता सेयर खरिद गर्नसक्ने व्यवस्था गरिएको छ ।
आजको बैठकमा समितिका सदस्यहरु अर्थ, भौतिक योजना तथा निर्माण, कानुन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय, राष्ट्रिय योजना आयोगका सचिव र कम्पनीका प्राविधिकहरु सहभागी थिए ।
बैठकमा कम्पनीले जेठ १ यता सम्पन्न गरेका परियोजनासम्बन्धी कामको प्रगति विवरण प्रस्तुत गरेको
थियो ।

No comments:
Post a Comment