Friday, September 21, 2012

राष्ट्रपतिसम्म पुगे मच्छेगाउँ

राष्ट्रपतिसम्म पुगे मच्छेगाउँ

वर्ष ९, अंक २५ (२०६९ असोज ५ गते शुक्रबार)
     कीर्तिपुर । अनला, मलमास, पुरुषोत्तम महिना, आदि नामले चिनिने ३ वर्षको एक महिना लाग्ने मच्छेनारायण मेलामा सर्वसाधारणदेखि राष्ट्रपति समेत पुग्नु भयो ।
    भाद्र ३० गते मलमास मेलाको अन्तिम शनिबार राष्ट्रपति रामवरण यादवले मच्छेगाउँ पुगी मच्छेनारायण मन्दिरको दर्शन गर्नुभयो । त्यसैगरी अन्तिम दिन भाद्र ३१ गते उपराष्ट्रपति परमानन्द झा पनि पुग्नु भएको थियो ।
      उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिले मच्छेगाउँको गरिमामय निश्चय पनि उच्च भएको हुन्छ ।
    भाद्र १ गतेदेखि लागेको एक महिने मेलामा लाखौं भक्तजनहरु मच्छेगाउँ पुगे । उपत्यकाका मानिस मात्र होइन काठमाडौं आई बसोबास भएका समेत मच्छेगाउँ पुगे । मच्छेगाउँ मत्सेनारायण मन्दिरलाई दुलही झैं झिलिमिली पारी सिंगारी बेलुकीको समय भक्ति संगीतले आनन्दमय बनायो भने दिउँसो ३–४ थरीका लाखे नाचको मनोरञ्जन गर्ने अवसर पनि दिएको छ, स्थानीय खलः पुचःले । दर्शनार्थीको सुविधाको लागि लाइनको व्यवस्था, स्नानको लागि पानीको व्यवस्था, स्वास्थ्य शिविर, भक्तजनहरुबाट चढाइएका फलफुल, फुल तथा अन्यलाई दैनिक संकलन गरी स्वच्छ सफा मच्छेगाउँ मन्दिर बन्यो यो मेला । अन्तिम दिन भक्ति संगीत प्रतियोगिता गरी सांगितिक क्षेत्रमा पनि उदाहरणीय काम गर्न सक्यो मच्छेगाउँ व्यवस्थापन समितिले ।
    सुरुमै गुरुहरुबाट प्रवचन गरी सांस्कृतिक बाजासहित शुभारम्भ गरेको मच्छेगाउँ मेलाको एउटा अभाव भनेको भोज तयार पारेर पिकनिकको रुपमा दिनभर बस्नेहरुको लागि  छुट्टै पार्क नहुनु । मच्छेनारायण मेलाको लागि मात्र घरेलु र बाह्य पर्यटक लोभ्याउने होइन मत्से नारायण भएकोले मच्छेगाउँको आन्तरिक पर्यटकको लागि पनि एउटा गन्तव्य मच्छेगाउँ बनाउन मच्छेगाउँबासी लाग्नु पर्नेछ ।
    मच्छेगाउँकै सेरोफेरोमा रहेको बुद्धको मूर्ति, नारायण मूर्ति प्रथ प्रदर्शकको रुपमा अगाडि बनाउन सक्छ ।

No comments:

Post a Comment