Friday, September 28, 2012

नेवाः दे दवूको विवाद र शिक्षा

नेवाः दे दवूको विवाद र शिक्षा

- नारायण महर्जन

वर्ष ९, अंक २६ (२०६९ असोज १२ गते शुक्रबार)   
               नेवाः दे दवू नेवारहरुको हक अधिकारको लागि स्थापित पहिलो जातीयसंगठन हो । आरोह अवरोह पार गर्दै नेवाः दे दवूको छैठौं महाधिवेशन र १८ औं बार्षिक दिवस शनिबार राजधानीको बसन्तपुरमा भब्यरुपले प्रम एवं नेकपा माओवादीका नेता डा.बाबुराम भट्टराईले उद्घाटन गरेको थियो ।
    उद्घाटन पश्चात्  आइतबारदेखि बन्द शेसन सुरु भएको थियो । बन्द सत्रमा निर्वाचन प्रक्रिया सुरु गर्न लाग्दा पुरानै विधान अनुसार हुन खोजेको भन्दै नारावाजी भएपछि मेच हानाहानको स्थिति सम्म पुगेको एकसहभागी स्रोतले बतायो ।
    दवूमा नेवाः स्वायत्त राज्य मागगर्ने आवाज उठेपछि एकल वा बहुपक्षीय जातीय राज्यबारे विवाद वढेको र उपत्यका र बाहिरी नेवारबीच भेदभावपूर्ण व्यवहार र नेतृत्वमा बाहिरकाले होइन उपत्यकाकाले लिनुपर्ने लगायतका विवादले झगडाको रुप लिएको स्रोतले बताउँछ ।
    नेवार नेवारबीच नै एक आपसमा विवादले तनाव बढेपछि तत्काल समस्या समधान नहुने देखेपछि चालू महाधिवेशन नै अनिश्चितकालको लागि स्थगन गरिएको छ ।
    महाधिवेशन स्थगन सँगै नेवाः दे दवूको संस्थापक एव  संरक्षक मध्ये एक जनाले संरक्षम नबस्ने घोषणा गरेको  समाचार स्रोतले उल्लेख गरेको छ ।
    नेवार नेवार हामी नेवार नै बनौं ( नेवाः झी नेवा हे जुई) भन्ने मुल नारा बोकी नेवारहरुको अधिकारको लागि आन्दोलनरत नेवाः दे दवूको नेवार नेवारबीचनै मिल्न सकेन । यो विवादले नेवारभित्र पनि वर्ग छ भन्ने कुराको थप पुष्टि भएको छ । धनी नेवार र गरीव नेवार, वैचारिक सक्षम नेवार र असक्षम नेवार, समाजमा प्रतिष्ठित नेवार अपरिचित नेवार वर्ग विभेदका आधार हुन् ।
    यदि सवै नेवार एउटै विचार एउटै आस्था र एउटै मनको भए यस्तो विवाद उठ्ने नै थिएन । नेवाः दे दवूमा पंच राप्रपा देखि, काँग्रेस, एमाले, माओवादीका नेवारहरु अतेको सवै विचारका साझा संगठनको रुपमा रहेपनि व्यवहारिक रुपले त्यति सहज हुदैन भन्ने प्रमाण हो ।  कुनै एक जातीय राज्यको संघीय राज्य भएमा सो राज्य भित्र नेवारराज्यमा नेवारबीच, तामाङ्ग राज्यमा तामाङ्गबीच, शेर्पाको शेर्पाबीच नै तकराव हुने संकेत यो नेवाः दे दवूले राम्ररी पाठ सिकाएको छ ।
    त्यति मात्र होइन नेपाल बहुजातीय बहुभाषिक, सांस्कृतिक, रितिथितिमा हुर्केको समाज कुनै पनि क्षेत्रमा एकल जातिको बाहुल्यता छैन । त्यहाँ एक जातिलाई अग्राधिकार सहितको संघीय राज्य दिएमा अन्य गैर जातिले तुलुतुल हेरेर सहेर बस्ला ?
    नेवार नेवारबीच त सहने शक्ति गुमाएको छ र मेच हानाहान र औला ठड्याएको छ भने अन्य जातिले त मारकाट गर्नपनि पछि पर्ने छैन । अनि त्यसबेला टाउकोमा हात राखेर पश्चाताप गर्नु सिवाय केही हुने छैन । सबै बिग्रिसकेको हुनेछ । त्यसैले नेवाः दे दवू भित्र रहेका ६० जिल्लाका प्रतिनिधि मुलकले हामी नेवार हौ, हाम्रो संस्कृति नेवार हो उच्च पार्ने हो भन्ने भावनालाई सदियौँसम्म जीवित राख्ने हो भने विवेकशील नेवार हुनुप¥यो, विदेशीको डलरमा चलखेल हुने आदिवासी जनजाति हुनुभएन । तपाई हामीबीचका,े दवूभित्रको हेपाहा प्रवृतिका नेवारलाई पहिले तह लगाउन सक्नुप¥यो । त्यसको लागि वर्गीय रुपले नेवारहरुलाई सचेतना उठाउनु पर्दछ । नेवारको महाधिवेशन गर्ने अनि क्षेत्री बाहुनलाई नेवार भेषभुषामा सजाई उद्घाटन गराउने यो नेवार नेताको कुन बुद्धिले काम गरेको, नेवारहरु नै अन्योलमा छन् । त्यतिमात्र होइन नेपाल भाषामा भाषण ठोक्दा गडगडाहत ताली र खुसी । मेरो मान्यता गैरजातिलाई प्रमुख अतिथि बनाइएकोमा विरोध होइन नेवार जातिको राजनीतिमा होमिएकाहरुको नैतिकतामा मात्र प्रश्न हो । यस्तो अन्योलबाट शिक्षा लिने कि नलिने ?

No comments:

Post a Comment