Friday, September 28, 2012

कीर्ति अनुसन्धानको नयाँ कीर्ति प्रकाशित हुने

कीर्ति अनुसन्धानको नयाँ कीर्ति प्रकाशित हुने

— प्रयागमान प्रधान

वर्ष ९, अंक २६ (२०६९ असोज १२ गते शुक्रबार)
(कीर्ति अध्ययन तथा अनुसन्धान केन्द्र कीर्तिपुरका अध्यक्ष प्रयागमान प्रधानसंग एक भेटमा संस्थाको गतिविधि र तयारीवारे भएको  छलफलको आधारमा तयार पारिएको सम्वाद यहाँ प्रस्तुत छ ।। — सं.)
   

कीर्ति अनुसन्धान केन्द्र के गर्दै हुनुहुन्छ ?

    कीर्ति अध्ययन  तथा अनुसन्धान केन्द्रका दोस्रो कीर्ति दशैंमा प्रकाशन गर्ने तयारीमा रहेको छ ।

कस्तो कीर्ति प्रकाशित हुँदैछ ?

    कीर्तिपुर नगरपालिकाको १९ वटै वडाको सांस्कृतिक, धार्मिक, सामाजिक रितिथिति, त्यहाँको अवस्थाबारे विस्तृत डाटासहितको परिचय  भएको आगामी कीर्ति पुस्तकमा पाउनु हुनेछ ।

सुस्त भएको कारण के हो ?

    हामीले यो प्रकाशनको लागि धेरै समयदेखि नै डाटा कलेक्सन गरेका थियौं । जो जसले अध्ययन अनुसन्धान गरियो संकलित डाटा वहाँकै  आफ्नै घरमा मात्र आफ्नै थन्किएकोले सुस्त भएको हो ।

कहिलेसम्म प्रकाशन गर्नु हुन्छ त ?

    दशैं अघि  फूलपाटीसम्ममा प्रकाशन गर्ने सोचमा छौं ।

फन्ड जुटिसक्यो त ?

    अहिले प्रकाशनको लागि फन्डको ब्यवस्था भैसकेको छ ।

पुस्तक प्रकाशनबाट कति रकम उठाउनुहुन्छ ?

    पुस्तक प्रकाशन बिक्रीबाट खासै रकम संकलन भएको छैन । सुरुमा बिमोचनको दिनमा सुहलियत दरमा जति बेच्यो त्यति नै हो बिक्री भनेको अरु केही प्रति कीर्तिपुरबारे अध्ययन गर्न चाहनेहरुले खोजी खोजी किन्न आउने गरेको पनि छ ।

घाटामा काम गर्नुहुन्छ त ?

    घाटामा केही वर्ष गर्न सकिएला तर स्थायित्व हुँदैन । हाम्रो यो संस्था अध्ययन तथा अनुसन्धान केन्द्र भएकोले पर्यटन मन्त्रालय लगायतबाट बेलाबेलामा सहयोग जुटाउन कार्य भएको छ ।

केही सन्देश छ कि ?

    म यस पत्रिका मार्फत् कीर्ति अध्ययन अनुसन्धानमा आवद्ध साथीहरु अनुसन्धानको कार्यमा सक्रिय भएर लाग्न अनुरोध गर्न चाहन्छु भने खोजमुलुक र ज्ञानबर्धक “कीर्ति” प्रकाशित हुने पुस्तक कीर्तिपुवासीले एकएक प्रति किनेर अध्ययन गर्न र आवश्यक सुझाव दिन पनि अनुरोध गर्दछु ।

No comments:

Post a Comment