Friday, September 28, 2012

प्रथम SWCC क्रिकेट प्रतियोगितामा बालुवाटार प्रथम

प्रथम SWCC क्रिकेट प्रतियोगितामा बालुवाटार प्रथम

वर्ष ९, अंक २६ (२०६९ असोज १२ गते शुक्रबार)
    साउथ वेस्ट क्रिकेट क्लवको आयोजनामा भएको प्रथम SWCC उपत्यका व्यापी खुला टेनिसबल क्रिकेट प्रतियोगितामा बालुवाटार क्रिकेट क्लव प्रथम भएको छ ।
    बिहीबार भएको फाइनल खेलमा इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट (ICHM) लाई २ विकेटले पराजित गरी बालुवाटारले सो उपाधी हात पारेको हो ।
    बालुवाटारले ICHM लाई ६४–६२ रनले पराजित गरेको थियो । खेलमा बालुवाटार क्लवका अभय राणा ‘म्यान अफ दि म्याच’, सुमन गौतम ‘वेस्ट ब्याट्स म्यान’, ‘म्यान अफ दि सिरिज’ रुपेश श्रीवास्तव घोषित भएका थिए भने ‘वेस्ट फिल्डर’ पुष्पसदनका सिजन सुवेदी, ‘वेस्ट बलर’ ग्रोसिस कलेजका पुरुषोत्तम, ‘वेस्ट राइजिङ्ग’मा लेवोरेटरी स्कुलका आशिष पौडेल र ‘फ्यर प्ले’मा ग्रीनल्याण्ड स्कुल घोषित भएका थिए ।
    विजयी खेलाडीहरुलाई प्रमुख अतिथि क्रिकेट संघ नेपाल (CAN) का सचिव उत्तम कुमार कर्माचार्यले प्रथम हुनेलाई रु.१२०००।–, द्वितीय हुनेलाई रु.७०००।– नगद पुरस्कार सहित ट्रफी प्रदान गर्नुभएको थियो ।
    कार्यक्रम SWCC का अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन महा–सचिव दिलमान महर्जनले गर्नुभएको थियो ।

No comments:

Post a Comment