भक्तपुर सडक महोत्सव उदाहरणीय
कला र संस्कृतिको प्रदर्शन

वर्ष ९, अंक २६ (२०६९ असोज १२ गते शुक्रबार)
काठमाडौं । भक्तपुर जिल्लाकै पहिलो सडक महोत्सव असोज ६ गते भव्यताका साथ सम्पन्न भएको छ । शनिबार दरबार क्षेत्रमा आयोजित एक भव्य समारोह बीच महोत्सवको समुद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर सडक महोत्सव जनताको महोत्सव भएको बताउनुभयो ।
‘जिल्लाका विभिन्न संघसंस्था र नगरपालिकाकोे संयुक्त आयोजनामा भए पनि यो महोत्सव भक्तपुरका जनताको महोत्सव हो ।’ उद्घाटन सत्रमा उहाँले भन्नुभयो ।
अध्यक्ष रोहितले महोत्सवको उद्देश्य नाफा केन्द्रित नभइकन कला र संस्कृतिको संरक्षण गर्न र जनताको सेवा गर्न प्रेरित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष बिजुक्छेंले कला र संस्कृतिको विकासका लागि भौतिक र आध्यात्मिक सोचलाई वैज्ञानिक तवरले संयोजन गरेर अघि बढ्नुपर्ने विचार राख्दै कला, संस्कृति र सम्पदा संरक्षणका क्रममा राष्ट्रको स्वाधीनता र सार्वभौमिकतामा आँच आउन दिन नहुने उल्लेख गर्नुभयो ।
उहाँले पचपन्न झ्याल दरबारको मर्मतपछि नपाले पचपन्न झ्याल दरबार खोलेकोले अध्ययनको नयाँ द्वार खुलेको बताउँदै नपाले संरक्षणमा निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्धक मणिराज लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, भक्तपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष प्रज्ज्वल जोन्छें, स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले पनि आफ्नो धारणा राख्नु भएको थियो ।
‘पुर्खाले सिर्जेको सम्पित्त, हाम्रो कला र संस्कृति’ तथा ‘हाम्रो भक्तपुर राम्रो भक्तपुर’, ‘भक्तपुर जाऔं खुसीले रमाऔं ।’ भन्ने नाराका साथ भक्तपुर नगरपालिका, जिल्ला विकास समिति भक्तपुर र भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको एक दिने सडक महोत्सवको उद्घाटन सत्रमा आयोजक समितिका सदस्यसचिव राजुमृगेन्द्र जोशी, सहायक प्रजिअ भोजराज भट्टराई, भनपाका कार्यकारी अधिकृत राममणि भट्टराईलगायतले सडक महोत्सवको औचित्यबारेमा बोल्नुभएको थियो ।
उद्घाटन सत्र मूल आयोजक समितिका संयोजक एवं जननिर्वाचित मेयर प्रेम सुवालको सभापतित्वमा भएको थियो ।

No comments:
Post a Comment