Friday, October 5, 2012

सर्वदलीय वैठक: तटस्थ निर्वाचन सरकारमा जोड

सर्वदलीय वैठक: तटस्थ निर्वाचन सरकारमा जोड

वर्ष ९, अंक २७ (२०६९ असोज १९ गते शुक्रबार)
      काठमाडौं । विघटित संविधानसभामा प्रतिनिधित्व गरेको राजनैतिक दलहरुको सर्वदलीय वैठक संविधानसभा भवन नयाँ बानेश्वरमा मंगलवार बस्यो ।
    संविधानसभाको विघटनपछि चार दलको आयोजनामा पहिलो पटक बोलाइएको उक्त वैठकमा संविधानसभा निर्वाचनको लागि आवश्यक ऐनहरुको संशोधन, निर्वाचन, सरकार गठन, निर्वाचन मिति, सभासद संख्या, निर्वाचन प्रणालीलगायतको विषयमा छलफल भएको थियो ।
    बैठकमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सरकारमा बसेर धाँधली गरेर निर्वाचन जित्ने परम्परालई तोड्न तटस्थ ब्यक्तिहरुको नेतृत्वमा निर्वाचन सरकार गठन गर्नुपर्नेमा जोड दिनुभयो ।
    उहाँले चार (एमाओवादी, नेका, एमोले र मधेसी मोर्चा) ले एकले अर्कोलाई आत्मसमर्पण नगरेसम्म सहमति हुनै नसक्ने बताउँदै विघटित संविधानसभाले गरेको कामलाई राज्यले सम्पत्तिको रुपमा ग्रहण गर्दै सहमति हुन बाँकी विषयहरुलाई सहमति गरी संविधान घोषणा गर्ने अधिकारसहित संसदीय निर्वाचनमा जानु उपयुक्त हुने बताउनुभयो ।
    देश संकटमा गइरहेको बेला राष्ट्रपतिको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले अगाडि भन्नुभयो– देश खाल्टोमा गइरहेको कुरा राष्ट्रपतिले टुलटुल हेरेर बस्न मिल्दैन । राष्ट्रपतिले दमकलले भैm देशमा जलिरहेको आगो निभाउने कोसिस गर्नुपर्छ । संविधानसभा पुनःस्थापना गर्नुपर्छ भनी केही नेताहरुको दिएको अभिब्यक्तिप्रति लक्षित गर्द उहाँले भन्नुभयो– संविधानसभाको पटक पटक म्याद थपेर पनि असफल भएको अवस्थामा पुनःस्थापना गर्ने कुरा संसारमा कही छैन ।
    नेमकिपा प्राकृतिक स्रोत र साधनहरुको सन्तुलत वितरणको आधारमा संघीय प्रदेशहरु निर्माणको पक्षमा छ । जातीय राज्यले जातीय द्वन्द्ध निम्त्याउँछ । मुलुक त्यतातर्पm जानु हुंदैन – उहाँले भन्नुभयो ।
    राष्ट्रिय सहमति पदको निम्ति होइन, देश र जनताको हितमा काम गर्ने नीतिको आधारमा हुनुपर्नेमा जोड दिदैं उहाँले अहिले सैद्धान्तिक र नीतिगतभन्दा पदको निम्ति भइरहेको झगडा राम्रो नभएको बताउनुभयो ।

No comments:

Post a Comment