Friday, September 21, 2012

गणित हाजिरीजवाफमा पाँगा मावि प्रथम

गणित हाजिरीजवाफमा पाँगा मावि प्रथम

वर्ष ९, अंक २५ (२०६९ असोज ५ गते शुक्रबार)
     कीर्तिपुर । हिलटाउन इन्टरनेशलन उमाविको पूर्व विद्यार्थीहरुको संगठन HESA को आयोजनामा भएको तेस्रो कीर्तिपुर नगरब्यापी गणित हाजिरीजवाफ प्रतियोगितामा पाँगा मावि प्रथम भएको छ । पुष्पसदन आमावि “क” र “ख” क्रमशः द्धितीय र तृतीय भयो भने उज्ज्वल शिशु निकेतन एकेडेमी चौथौ स्थानमा रहयो ।
    विजयी विद्यार्थीहरुलाई सार्वजनिक शैक्षिक गुठी विद्यालय सँघ नेपालका (PETSAN) का केन्द्रीय अध्यक्ष एवं पुरस्कार वितरण समारोहका प्रमुख अतिथि रमेशमान महर्जनले ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
    त्यस अवसरमा वहाँले हिलटाउन विद्यालयको नियमित प्रतियागिता अन्य विद्यालयको लागि उदाहरणीय भएको बताउनुभयो । विद्यालयबाट अरु अतिरिक्त क्रियाकलाप गरी विद्यार्थीको प्रतिभा विकास गर्नुपर्ने बताउनुभयो ।
    हिलटाउन उमाविका प्राचार्य राजन तण्डुकारले HESAको विविध कार्यक्रममा विद्यालयको सहयोग निरन्तर भइरहने बताउनुभयो । आयोजकका अध्यक्ष सन्तोष महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रतियोगिताका संयोजक रसोज महर्जन, रुसा महर्जन लगायतले वोल्नुभएको थियो ।

No comments:

Post a Comment