कीर्तिपुरमा “कीर्तिपुर मल”
वर्ष ९, अंक २५ (२०६९ असोज ५ गते शुक्रबार)
काठमाडौं दक्षिणक्षेत्र कीर्तिपुर पुरानो विश्वविद्यालय र स्थानीय शैक्षिक केन्द्रमा ७५ जिल्लाका मानिसको बसोबास गर्ने थलोको रुपमा विकास भैसकेको छ । सुन्दर शान्त र स्वच्छ हावापानीको कारण कीर्तिपुर आवासीयको दृष्टिले आरामदायिक हुंदै आएको छ ।
जनसंख्या वृद्धिसंगै मानिसको विभिन्न चाहनालाई आपूर्ति गर्न एउटै छानामुनिका चारवटा डिर्पाटमेन्टल यहाँ संचालनमा आइसकेको
छ ।
यसैबीच अव केही महिना भित्रै व्यापारिक केन्द्र कीर्तिपुर मल संचालनमा ल्याइने तयारी भैरहेको छ ।
कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ भवनमा कीर्तिपुर मल संचालन गर्ने तयारीमा रहेको संस्थाका अध्यक्ष रमेश महर्जनले सहिदलाई बताउनुभयो ।
वहाँको अनुसार लिफ्ट सहितको अत्याधुनिक कीर्तिपुर मलको भुईं र पहिलो तल्लामा अहिलेको सहकारी सूपथ मूल्य पसल डिर्पार्टमेन्ट स्टोर रहने छ भने तेस्रो तल्लामा व्यापरिक प्रयोगको लागि व्यवसाय गर्न इच्छुकलाई सस्तो भाडा दरमा कवल भाडा दिई (इलेक्ट्रोनिक्स, रेडिमेट फेन्सी स्टोर, कस्मेटिक, टेलरिङ्गको लागि ) दिइने छ ।
मल कहिलेसम्म संचालनमा आउने भन्ने जिज्ञासामा यही आउँदो सातगाउँले जात्राको पूर्व सन्ध्यामा यसको सम्पूर्ण कार्य पुरा भई कीर्तिपुर मल संचालन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

No comments:
Post a Comment