मच्छेनारायण मेलामा दूधपोखरी जनहित समाज
वर्ष ९, अंक २५ (२०६९ असोज ५ गते शुक्रबार)
कीर्तिपुर । मलमास अर्थात् अनला महिना या मच्छेनारायण मेला भाद्र ३१ गते सम्पन्न भयो ।
सो मेलामा स्थानीय क्लव संघसंस्था र मच्छे गाउँवासीले एक महिनासम्म भक्तजनहरुको हितमा सक्दो राम्रो काम गर्न भ्याए ।
सो मेलामा पुगेका भक्तजनहरुलाई दूधपोखरी जनहित समाज कीर्तिपुर–७ ले भाद्र २३ र ३० गते दुई दिन संस्थाका २९ जना स्वयंसेवकबाट मन्दिरमा दर्शन गर्न आउनेलाई निःशुल्क खानेपानी र भक्तजनलाई सुविधा हुने गरी लाइनको व्यवस्था गरी सेवा दिएको थियो ।
संस्थाका सचिव भोला विष्टले सहिद साप्ताहिकलाई दिनुभएको जानकारी अनुसार मेलामा समाजले चम्पादेवी खानेपानी उद्योग (कलकल मिनरल वाटर) दूधपोखरीले पानी उपलब्ध गरी हजारौंलाई पानी सुविधा दिएको बताउनुभयो ।
२०६८ सालमा स्थापना भएको यो संस्था स्थापनादेखिनै सामाजिक कार्यमा स्थानीय रुपमा अग्रसर भई कार्यरत संस्था हो ।

No comments:
Post a Comment