Friday, September 21, 2012

बल्खुमा तरकारी बजार खुल्यो

बल्खुमा तरकारी बजार खुल्यो

वर्ष ९, अंक २५ (२०६९ असोज ५ गते शुक्रबार)
    बल्खु । निजी क्षेत्रको सक्रियतामा बल्खुमा तरकारी बजार असोज १ गतेबाट खुलेको छ । पाँचरोपनी क्षेत्रमा पैmलिएको बागमती नदीको किनारमा सूर्य कमल प्रा.लि. तथा सुलभ फ्रुट्स एण्ड भेजिटेवल मेनेजमेन्ट प्रा.लि.को कृषि तथा तरकारी बजारको उद्घाटन प्रधानमन्त्री बाबुराम भट्टराईले गर्नुभएको थियो ।
    उपभोक्ताले सहज तरिकाले सुपथ मूल्यमा तरकारी तथा फलफुल खरिद गर्न सकुन भन्ने उद्देश्यले तरकारी बजार संचालनमा ल्याएको कार्यकारी निर्देशक रामकृष्ण कुवँरले भन्नुभयो । उपत्यकाका अहिले दैनिक एक हजार टन  तरकारी तथा फलफुलको माग रहकोमा कालिमाटी तरकारी बजारबाट आधामात्र आपूर्ति गरिहको हुँदा बल्खु तरकारी बजारले केही प्रतिशत भएपनि सहज आपूर्ति हुने संचालकले बताउनुभयो ।

No comments:

Post a Comment