Friday, September 21, 2012

विश्वको सर्वोच्च शिखर सगरमाथा कीर्तिपुरका प्रथम आरोहीसँग आइडिया शेयरिङ्ग कार्यक्रम सम्पन्न

  विश्वको सर्वोच्च शिखर सगरमाथा कीर्तिपुरका प्रथम आरोहीसँग आइडिया शेयरिङ्ग कार्यक्रम सम्पन्न    

वर्ष ९, अंक २५ (२०६९ असोज ५ गते शुक्रबार)

सगरमाथा आरोही सन्तकुमार महर्जन

    कीर्तिपुर स्वयंसेवक समाज र राराहिल अल्मुनाई एसोसिएसनको संयुक्त आयोजनामा भदौ २७ गते बुधबारका दिन राराहिल मेमोरियल स्कूलको सभाहलमा कीर्तिपुरका प्रथम विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही सन्तकुमार महर्जनसँग आइडिया शेयरिङ्ग कार्यक्रम सम्पन्न भयो ।
    स्मरणीय छ, नेपाल सरकारको निजामति आरोहण दलमा सम्मिलित भएर वि.सं २०६७ सालमा उनले यसको सफल आरोहण गरेका थिए । सगरमाथा आरोहणका अनुभवहरु, विश्वमा जलवायु परिवर्तनबाट उच्च हिमाली क्षेत्रमा देखिएका असरहरु र कीर्तिपुर क्षेत्रमा वृहत्तर पर्यटन विकासको सम्भावना र चुनौतीहरु सम्बन्धमा सहभागीहरु बीच अन्तरक्रिया पनि सम्पन्न भएको थियो र सन्तकुमार महर्जनले सहजीकरण गर्ने प्रयास गरेका थिए ।
    कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष प्रज्वल मान प्रधानले कार्यक्रमको अन्तमा आरोही सन्तकुमार महर्जनलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
    की.स्व.सले प्रत्येक नेपाली महिनाको अन्तिम बुधबार आइडिया शेयरिङ्ग कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

No comments:

Post a Comment